बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

पर्सा निकुञ्ज हुँदै लागुऔषध ओसारपसार, ४८९ किलो गाँजा र चरेससहित एकजना पक्राउ

images
शनिबार, भदौ १ २०८१
images
images
पर्सा निकुञ्ज हुँदै लागुऔषध ओसारपसार, ४८९ किलो गाँजा र चरेससहित एकजना पक्राउ

बरामद भएको लागुऔषधसहित फुलसरिफ मियाँलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

images
images

पर्सा- पर्सा राष्ट्रिय निकुञ्जको बाटो हुँदै पछिल्लो समय लागुऔषधको ओसारपसार भइरहेको खुलेको छ। निकुञ्जको बाटो भएर सहजरुपले गाँजा, चरेस ओसारपसार गर्न प्रहरी बाधक नहुने संकेत पाएपछि तस्करहरुले निकुञ्जकै बाटो प्रयोग गर्न थालेको प्रहरी अधिकारीहरुको भनाइ छ।

images
images
images

मकवानपुरबाट पर्सा निकुञ्जकै बाटो भएर पर्सा जिल्ला आइपुगेको चारसय ८९ किलो लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेपछि तस्करी रुटको खुलासा भएको हो। 

पक्राउ परेका एक युवकलाई बरामद चरेस र गाँजासहित सार्वजनिक गर्दै प्रहरीले लागुऔषध तस्करी प्रहरीको लागि मुख्य चुनौती बनेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार दिउँसो कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद भएको लागुऔषध चरेस, गाँजा र गाँजाको धुलोसहित पक्राउ परेका पर्सा कालिकामाई गाउँपालिका वडा नं. १ मुडली बस्ने ४० वर्षीय फुलसरिफ मियाँलाई सार्वजनिक गरेको हो। 

images

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ अकवा गाउँको बाँसघारीबाट बिहीबार राति करिब ८ बजे मियाँलाई ३० किलो लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

images

मियाँलाई गाँजासहित नियन्त्रणमा लिएर प्रहरी टोलीले सोधपुछ गर्दा सोही बाँसघारीमा जमिनमुनि गाडिएको अवस्थामा एक सय ९२ किलो चरेस र २ सय ६७ किलो गाँजाको धुलो (पोल्याण्ड) बरामद गरेको प्रहरी उपरिक्षक ढुंगेलले जानकारी दिए।

ganja - chares.jpg

बरामद भएको लागुऔषधसहित मियाँलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

केही वर्ष अगाडी लागुऔषध गाँजाखेतीको लागि प्रसिद्ध पर्सामा उत्पादन हुन छाडेको गाँजा छिमेकी जिल्ला मकवानपुरबाट पर्सामा भित्रिएको प्रहरी उपरिक्षक ढुंगेलले बताए। खुल्ला सिमानाका कारण लागुऔषध ओसारपसार गर्ने कार्यलाई नियन्त्रणमा लिनु नेपाल प्रहरीको लागि प्रमुख चुनौती बनेको प्रहरी उपरिक्षक ढुंगेलको भनाइ छ। 

लागुऔषध नियन्त्रण नेपाल प्रहरीलाई मात्र नभइ भारतीय प्रहरीको लागि पनि प्रमुख चुनौती बनेको छ। केही लागुऔषध भारतबाट नेपाल र केही लागुऔषध नेपालबाट भारत तस्करी हुँदै आएको छ।

यसबाहेक साउन महिनाभरीमा मात्र पर्सा प्रहरीले लागुऔषध चरेस, नाइट्रोभेट, डाइजेपाम, फेनारगन, नुरफिन, गाँजा, ट्रामाडोल, नाईट्राजेपामसहित ४ महिला र २६ पुरुष गरी ३० जनालाई नियन्त्रणमा लिएर लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाएको छ। 

लागुऔषधको सहज आपूर्तिले नेपाली युवायुवती दुर्व्यसनीमा फस्दै गएकाले यसलाई नियन्त्रण गर्न सुरक्षा निकायसहित समाज नै जागरुक हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। 


प्रकाशित : शनिबार, भदौ १ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend