आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

एक करोडको लगानीमा वीरगञ्जमा कार्जस्पाको नयाँ शोरुम

images
शनिबार, भदौ १ २०८१
images
एक करोडको लगानीमा वीरगञ्जमा कार्जस्पाको नयाँ शोरुम

कार्जस्पा वीरगञ्जका सञ्चालक विवेक मल्लिकले १ करोड रूपैयाँको लगानीमा वीरगञ्जको आउटलेट सञ्चालन गरिएको बताए।

images
images

वीरगञ्ज- एक करोडको लगानीमा वीरगञ्जमा खुलेको कार्जस्पाको शोरुम सञ्चालनमा आएको छ।

images
images
images

कार, मोटरसाइकल लगायतका सवारी साधनको सर्भिसिङ, सौन्दर्यीकरणलगायतका सेवा प्रदान गर्दै आएको कार्जस्पाले यहाँ पनि आफ्नो शोरुम सञ्चालनमा ल्याएको हो। 

images
images

कार्जस्पा सन् २००७ देखि भारतमा सञ्चालनमा आएको कम्पनी रहेको र हाल यसको नेपाल र भारतमा गरी १ सय १० वटा आउटलेट सञ्चालनमा रहेको कम्पनीका भारत-नेपालका सीईओ तरुण आहुजाले जानकारी दिए। नेपालमा वीरगञ्जको आउटलेट चौथो रहेको उनले बताए।

images
images

यसअघि काठमाडौं, विर्तामोड र इटहरीमा कार्जस्पाको आउटलेट सञ्चालनमा आइसकेको छ।

कार्जस्पा वीरगञ्जका सञ्चालक विवेक मल्लिकले १ करोड रूपैयाँको लगानीमा वीरगञ्जको आउटलेट सञ्चालन गरिएको बताए।

यसमा ८ स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाएका छन्। वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको कार्जस्पा सञ्चालनमा आउँदा वीरगञ्जवीसी खुसी भएका छन्। 

कारलगायतका अन्य साना सवारीसाधनको सर्भिसिङ, सौन्दर्यीकरणलगायतका सेवाका लागि काठमाडौं वा सीमापारीका भारतीय सहरमा जानुपर्ने बाध्यता अब हटेको छ। 


प्रकाशित : शनिबार, भदौ १ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend