आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित

images
शनिबार, भदौ १ २०८१
images
पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित

आर्थिक वर्ष २०८०/८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन्।

images
images

खोटाङ- पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका कृषक चिन्तित भएका छन्। गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो।  

images
images
images

पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५/१५ रोपनी खेत पुरेको छ। बर्सेनि १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताए। उनको खेतको सिरानदेखि पहिरो गएको छ। 

images
images

'पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ। खेत बग्ने क्रम जारी छ', उनले भने, '६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ। पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागेको छ।'

images
images

पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा बगाएको छ। पहिरोका कारण उनको घर समेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए। खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ।

आर्थिक वर्ष २०८०/८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन्। दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। पहिरोले पुरिएर गत साउन ३१ गते रावाबेँसी गाउँपालिका-३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवार तथा जेठ २८ गते साकेला गाउँपालिका-२ रतन्छाका ५६ वर्षीय मधुराज राईको मृत्यु भएको थियो।

यस्तै साउन २१ गते ऐँसेलुखर्क गाउँपालिका-४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको बाढीले बगाएर मृत्यु भएको थियो।  यस वर्षको बाढी तथा पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ।

बाढी तथा पहिरोबाट हालसम्म जिल्लामा ६ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ। जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ परिवार र पहिरोबाट चार सय ३९ परिवार) उच्च जोखिममा छन्। रासस


प्रकाशित : शनिबार, भदौ १ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend