आइतबार, असोज १३ गते २०८१    
images
images

गत आवमा चार जिल्लामा ८५ योजना सम्पन्न, ९९ करोड ६७ लाख खर्च

images
शनिबार, भदौ १ २०८१
images
images
गत आवमा चार जिल्लामा ८५ योजना सम्पन्न, ९९ करोड ६७ लाख खर्च

आयोजनाको ८४ दशमलव ३५ प्रतिशत वित्तिय प्रगति र ९५ प्रतिशत भौतिक प्रगति भएको लेखा अधिकृत रामबाबु रिजालले जानकारी दिए।

images
images

झापा- सघन सहरी तथा भवन निर्माण आयोजना झापाको गत आव २०८०/८१ का लागि विनियोजित एक अर्ब १८ करोड १६ लाखमध्ये ९९ करोड ६७ लाख १९ हजार रूपैयाँ खर्च भएको छ। 

images
images
images

आयोजनाको ८४ दशमलव ३५ प्रतिशत वित्तिय प्रगति र ९५ प्रतिशत भौतिक प्रगति भएको लेखा अधिकृत रामबाबु रिजालले जानकारी दिए। उनका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापा कार्यक्षेत्र रहेको आयोजनाका एक सय नौमध्ये ८५ वटा योजना सम्पन्न भएका छन्।

'आयोजनाअन्तर्गत सघन सहरी विकास कार्यक्रम, भवन निर्माण संहिता, नयाँ सहर आयोजना, एकीकृत बस्ती विकास, एकीकृत स्वास्थ्य पूर्वाधार, कारागार व्यवस्थान विभाग,संघीय सहरी विकास, एकीकृत कार्यमूलक योजना र आवास व्यवस्था कार्यक्रमगरी नौ वटा योजना सञ्चालनमा छन्', उनले भने।

भवन निर्माण संहिताअन्तर्गत गत आवमा दमकको भ्यूटावर एक अर्ब ४५ करोड ७४ लाख रूपैयाँमा सम्पन्न भएको छ। एकीकृत स्वास्थ्य पूर्वाधारअन्तर्गत गत आवमा नै पाँचथरको फिदिममा लुङरुपा आयुर्वेद औषधालय दुई करोड २४ लाख रूपैयाँको लागतमा सम्पन्न भएको छ। 

images

यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत ७ दशमलव ९ किलोमिटर सडक कालोपत्र, चार किमी ढलान, १० किमी ग्राभेल र १० किमी नाला निर्माण सम्पन्न भएको छ। त्यस्तै आयआर्जन हुने पूवाधार निर्माणमा पशुपतिनगर बसपार्क, कन्याम उद्यानमा पर्खाल, महावीर उद्यान, पपोहाँग लावती स्मृतिपार्क, अन्तु पोखरी, कृषिउपज संकलन केन्द्रलगायत योजना निर्माणाधीन रहेका लेखा अधिकृत रिजालले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, भदौ १ २०८११०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend