आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

सोलुखुम्बुको थामेमा भीषण बाढी, विद्यालय, क्लिनिक र होटल बगायो

images
शुक्रबार, साउन ३२ २०८१
images
सोलुखुम्बुको थामेमा भीषण बाढी, विद्यालय, क्लिनिक र होटल बगायो

बाढीका कारण अहिलेसम्म एक जना हराएको प्रहरीले जानकारी दिएको छ।

images
images

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ। बाढीका कारण एक विद्यालय, क्लिनिक एउटा, सातवटा घर, पाँचवटा होटल पूर्ण क्षति भएको नेपाल प्रहरीले जानकारी दिएको छ। 

images
images
images

बाढीका कारण अहिलेसम्म एक जना हराएको प्रहरीले जानकारी दिएको छ। 

images
images

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे।

images
images

थामे गाउँमा बाढीले क्षति पुर्‍याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिए। उनले दुधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय वासिन्दालाई सचेत गराइएको बताए।

प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामे तर्फ पठाइसकिएको छ। नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए।

स्थानीयले टाशीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन्। क्षतिको यकिन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, साउन ३२ २०८११८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend