काठमाडौं- ट्राफिक प्रहरीले ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार बढी भाडा लिने, मिटरमा जान नमान्ने ट्याक्सी चालकलाई कारबाही गरेको हो।
ट्याक्सी चालकले बढी भाडा लिएको, मिटरमा जान नमानेको गुनासो बढेसँगै ट्राफिक प्रहरीले चेकिङमा कडाई गर्न थालेको हो। त्यसैको परीणामस्वरुप ट्राफिक प्रहरीले उपत्यकामा एकै दिन ३२ वटा ट्याक्सी चालकलाई कारबाही गरेको हो।