आइतबार, असोज १३ गते २०८१    
images
images

लाभांश क्षमताका हिसाबले दोस्रो बजारका उत्कृष्ट नबिल, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड, कुन बैंकको सूचक कस्तो?

images
शनिबार, भदौ १ २०८१
images
images
लाभांश क्षमताका हिसाबले दोस्रो बजारका उत्कृष्ट नबिल, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड, कुन बैंकको सूचक कस्तो?
images
images

काठमाडौं- पछिल्लो समय समग्र सेयर बजार बढ्ने क्रम जारी छ। बिहीबार बैंकिङ उपसमूहमा उछाल आउँदा सेयर बजार ३ हजार बिन्दुमा पुगेको छ भने कारोबार ३० अर्बनजिक पुगेको छ।

images
images
images

बजार घट्दो क्रममा रहँदा अधिकांश बैंकको दोस्रो बजारमा सेयर मूल्य न्यून भएका छन्। वाणिज्य बैंकको सेयरमा लगानी गर्ने अवसर लगानीकर्ताका लागि आइरहेको छ। 

यता वित्तीय सूचकका आधारमा उत्कृष्ट तीन बैंक पनि सेयर मूल्यमा प्रतिस्पर्धामा रहेका छन्। दोस्रो बजारमा नबिल बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक सूचकमा आधारका उत्कृष्ट हुन्। सोही कारण हरेक समयमा दोस्रो बजारमा सेयर लगानीकर्ताको आकर्षण हुने गर्दछ।

अहिले बजारमा बुल सुरु भइसकेको छ। सोही कारण तीनवटै बैंकको पनि सेयर मूल्य लगातार बढिरहेको छ। बैंकहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। जसमा नबिल, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक सेयरलगानीकर्तालाई लाभांश दिने क्षमताका हिसाबले पनि अब्बल नै देखिएका छन्। सोही कारण दुवै बैंकको सेयर मूल्य पछिल्लो एकवर्ष यताकै महँगो भइसकेको छ भने बढ्ने क्रम जारी छ।  

images

कुनै समय नबिलको पनि १८०० रुपैयाँसम्म पुगेको थियो। एभरेष्टको दोस्रो बजारमा ३८०० सम्म पुगेको थियो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७००० रुपैयाँसम्म पुगेको थियो। पछि निरन्तर घटेर ४ सय रुपैयाँको हाराहारीसम्म आइपुगेको थियो। अहिले पुनः बढेर नबिल बैंकको सेयर मूल्य ६६० रुपैयाँमा बिहीबार कारोबार भएको थियो। जसको प्रतिकित्ता १५ रुपैयाँले बढेको थियो।

त्यस्तै एभरेष्ट बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ७१३ रुपैयाँमा कारोबार भइरहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता ७१४ रुपैयाँमा कारोबार भइरहेको छ। तीनवटै बैंक निकट भविष्यमै प्रतिकित्ता १००० रुपैयाँको दौडमा देखिएका छन्। लाभांश क्षमता नभएका कम्पनीहरूनै २ हजार रुपैयाँमा कारोबार भइरहेका बेला तीन बैंकको सेयर मूल्य अहिले अन्डरभ्यालु नै देखिएको छ। 

कुन बैंकको सूचक कस्तो?

नबिल बैंक

नबिल बैंकले गत आर्थिक वर्ष ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यसअघिको आर्थिक वर्ष यस बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खुद नाफा १०.३१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष बैंकको खराब कर्जा ३.८५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष बैंकको खराब कर्जा ३.३९ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा बढेको छ। गत आर्थिक वर्षक बैंकको यस्तो नाफा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। नबिल बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.२६ प्रतिशत लाभांश दिने क्षमता रहेको छ। यस अवधिमा बैंकले ४६ अर्ब ३० करोड ब्याज आम्दानी गरेर ३० अर्ब रुपैयाँ ब्याज खर्च गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी घटेको छ। बैंकको प्रतिसेयर आम्दानी २६.०९ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष १७ अर्ब ७४ करोड ब्याज आम्दानी रहेको नबिल बैंकको गत आर्थिक वर्ष १६ अर्ब २० करोड रुपैयाँ कायम भएको छ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष यस बैंकले ३ अर्ब ७० करोड खुद नाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष यस बैंकले ३ अर्ब ३६ करोड खुद नाफा गरेको थियो।

गत आर्थिक वर्ष यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। यस बैंकले लगानीकर्तालाई २९.९ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्ने क्षमता रहेको छ। 

गत आर्थिक वर्ष यस बैंकको खराब कर्जा ०.०८ प्रतिशत आधार बिन्दुले मात्रै बढेको छ। अघिल्लो वर्ष ०.७१ प्रतिशत रहेको खराब कर्जा यस बैंकको गत वर्ष बढेर ०.७९ प्रतिशत कायम भएको छ।  बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ रहेको छ।

यस बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनमा बढेको छ। अघिल्लो वर्ष ७ अर्ब ४१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ७ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ। गत वर्ष ७७ करोड रहेको बैंकको इम्पियरमेन्ट चार्ज यस वर्ष घटेर २८ करोड कायम भएको छ। एभरेष्ट बैंक लिमिटेडको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ रहेको छ।  बैंकको रिटेन्ड अर्निङमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। 

स्ट्याण्डर्ड चार्टर्ड बैंक 

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा घटेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४.५१ प्रतिशत घटेको हो।

बैंकको विवरणअनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुवै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७।२१ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा ८ अर्ब ६३ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : शनिबार, भदौ १ २०८१०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend