आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

निर्माण कम्पनीले भुक्तानी नपाउँदा नवलपरासीको सुविधासम्पन्न आधारभूत अस्पताल भवन उपयोगवीहिन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ३२ २०८१
images
निर्माण कम्पनीले भुक्तानी नपाउँदा नवलपरासीको सुविधासम्पन्न आधारभूत अस्पताल भवन उपयोगवीहिन

अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुनेछ।

images
images

नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ। 

images
images
images

प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको हो।

images
images

'निर्माण व्यवसायीलाई २ करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ। रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ,' उनले भने। 

images
images

बौदिकाली गाउँपालिका-२ डेढगाउँमा गत चैतमा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन अझै सञ्चालनमा आएको छैन।

निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको प्रशासकीय अधिकृत बस्नेतले बताए। अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुनेछ। रासस 


प्रकाशित : शुक्रबार, साउन ३२ २०८११०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend