आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

एक वर्षमा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्‍गे पुल निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ३२ २०८१
images
एक वर्षमा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्‍गे पुल निर्माण

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको कालीगण्डकी खोलामाथि भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जाने एक सय २६ मिटर लामो झोलुङ्‍गे पुल निर्माण भएको हो।

images
images

म्याग्दी- आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्‍गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन्। 

images
images
images

झोलुङ्‍गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन्।

images
images

झोलुङ्‍गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया बिटालुले २० करोड रुपैयाँभन्दा बढीको लागतमा ती पुल निर्माण सकिएका र निर्माण भएका बताइन्। 

images
images

मालिका गाउँपालिका-६ को म्याग्दीखोलामा एक सय १४ मिटर, मङ्गला गाउँपालिका-५ पिपलबोटको म्याग्दीखोलामा ७३ मिटर, धवलागिरि गाउँपालिका-७ को म्याग्दीखोलामा एक सय एक मिटर, धवलागिरि-४ खोलाखर्कमा एक सय १२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर र ठूलोखोलामा ६४ मिटर लामो पुल निर्माण भएको हो। 

यसैगरी, गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको कालीगण्डकी खोलामाथि भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जाने एक सय २६ मिटर लामो झोलुङ्‍गे पुल निर्माण भएको हो।

बेनी नगरपालिका-७ मङ्गलाघाटस्थित म्याग्दीखोलामा निर्माणाधीन ४६ मिटर लामो पुलको ८५ प्रतिशत, रघुगङ्गा गाउँपालिका-८ को लामो खोसेरा खोलाको ३२ मिटर लामो पुलको ६५ प्रतिशत र मालिका-४ मा ७० मिटर लामो कुमालघारे खोला पुलको ३० प्रतिशत निर्माण सकिएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन ३२ २०८११०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend