शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सहसचिवको व्यापक सरुवा, अर्थमा को भित्रिए?

images
शुक्रबार, साउन ३२ २०८१
images
सहसचिवको व्यापक सरुवा, अर्थमा को भित्रिए?

सरकारले ५९ जना सरुवा गरेको छ। एक मन्त्रालयबाट अर्कोमा सरूवा भएको हो। संघबाट प्रदेश र प्रदेशबाट संघमा पनि सहसचिवको सरुवा भएको छ। यसअघि नै सचिव सरुवा भएपनि सहसचिव सरुवा नहुँदा नयाँ मन्त्रीरूले आफू अनुकूलको टिम बनाउन सकेका थिएनन्।

images
images

काठमाडौं- सरकारले सहसचिवहरूको व्यापक सरुवा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक सहसचिवको सरुवा भएको हो। 

images
images
images

सरकारले ५९ जना सरुवा गरेको छ। एक मन्त्रालयबाट अर्कोमा सरूवा भएको हो। संघबाट प्रदेश र प्रदेशबाट संघमा पनि सहसचिवको सरुवा भएको छ। यसअघि नै सचिव सरुवा भएपनि सहसचिव सरुवा नहुँदा नयाँ मन्त्रीरूले आफू अनुकूलको टिम बनाउन सकेका थिएनन्। 

images
images

स्रोतका अनुसार सबैभन्दा धेरै अर्थ मन्त्रालयमा नयाँ सहसचिव भित्रिएका छन्। अर्थ भित्रिनेमा हरिशरण पुडासैनी, श्याम प्रसाद भण्डारी, मदन दाहाल, कविता रेग्मी, महेश भट्टराई, दीपक लामिछाने, गोपीकृष्ण कोइराला र यमुना प्रधान रहेका छन्। 

images
images

त्यस्तै अर्थबाट भने आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, भन्सारका महानिर्देशक ढुन्डीराज निरौंला सरुवा भएका छन्। त्यस्तै अर्थमै रहेका टोकराज पाण्डे, रितेश शाक्य, टंकप्रसाद पाण्डे, नारायणप्रसाद सापकोटा, रामकुमार महतो र नरेन्द्र राना बाहिरिएका छन्। 

यद्यपि यो सूचीमा थपघट हुनसक्ने स्रोतको दाबी रहेको छ। 

 


प्रकाशित : शुक्रबार, साउन ३२ २०८१०९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend