आइतबार, असोज १३ गते २०८१    
images
images

भदौमा पनि घटाए वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर, कर्जाको ब्याजदर एकल अंकतर्फ

images
शुक्रबार, साउन ३२ २०८१
images
images
भदौमा पनि घटाए वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर, कर्जाको ब्याजदर एकल अंकतर्फ
images
images

काठमाडौं- बैंकिङ प्रणालीमा करिब ७ खर्ब रुपैयाँ हाराहारीमा अधिक लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह बढ्न नसकेकाले वाणिज्य बैंकहरूले भदौका लागि निक्षेपको ब्याजदर घटाएका छन्।

images
images
images

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएर बैंक वित्तीय संस्थाहरूलाई थप ब्याजदर घटाउन संकेत गरेको थियो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर ०.५ आधार बिन्दुले घटाउँदै ५ प्रतिशत कायम गरेको छ। 

राष्ट्र बैंकको नीतिअनुसार बैंक वित्तीय संस्थाहरूले भन्दौंका लागि ब्याजदर घटाएका हुन। अधिकांश बैंक वित्तीय संस्थाहरूले १ वर्ष अवधिसम्मको मुद्दती निक्षेपको ब्याजदर घटाएर ४.५ प्रतिशतदेखि ५.५ प्रतिशत हाराहारीमा ल्याएका छन्।

मुद्दती निक्षेपको ब्याजदर घटेसँगै अधिकांश बैंकहरूले साधारण बचतको ब्याजदर करिब ३ प्रतिशत बिन्दुमा झारेका छन्। राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेकाले बैंक वित्तीय संस्थाहरूले साधारण बचतकर्तालाई ३ प्रतिशत ब्याजदर दिएका हुन।

images

भदौका लागि स्टाण्डर्ड चार्टर्ड लगायत केही बैंक वित्तीय संस्थाहरूले ब्याजदरलाई स्थिर राखेका छन भने धेरैजसो बैंक वित्तीय संस्थाहरूले ०.२ प्रतिशत आधार बिन्दुदेखि १ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। 

चालु आर्थिक वर्षको साउन र भदौमा निक्षेपको ब्याजदर घटेकाले असोजमा कर्जाको ब्याजदर अझै सस्तो हुने देखिएको छ। निक्षेपको ब्याजदर घटाएकाले बैंकहरूको कष्ट अफ फण्ड र आधार दर घट्ने भएकाले बैंक वित्तीय संस्थाहरूले कर्जा ब्याजदर थप घट्ने देखिएको हो। असोजमा बैंक वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर एकल अंकमा झर्ने देखिएको छ।

नेपाल बैंक लिमिटेडले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत कायम गरेको छ। यसका लागि कम्तिमा पनि दुई वर्ष मुद्दती निक्षेपमा रकम जम्मा गर्नुपर्ने सर्त राखेको छ। यस बैंकले साउनको तुलनामा भदौका लागि अधिकतम मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले घटाएको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकले १ वर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ४.७५ प्रतिशत , १ वर्षदेखि ५ वर्ष अवधिकोमा ५ प्रतिशत र ५ प्रतिशतभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत तोकेको छ। यस बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएको छ।

नबिल बैंकले भदौ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ।

नबिल बैंकले १ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशत, १ देखि २ वर्ष अवधिको ५.५ प्रतिशत, २ वर्ष भन्दा बढी ५ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५ प्रतिशत र ५ वर्ष भन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत तोकेको छ।

सिद्धार्थ बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले १ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजदर दिने भएको छ। २ वर्षभन्दा बढी अवधिको मुद्दतीको निक्षेपमा यस बैंकले ६.५० प्रतिशत कायम गरेको छ।  

हिमालयन बैंकले पनि सबै प्रकारका मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत आधार बिन्दुले घटाएको छ। यस बैंकले भदौमा ३ महिना अवधिको मुद्दतीमा ३.२५ प्रतिशत, ६ महिना अवधिको मुद्दती निक्षेपमा ४ प्रतिशत, ९ महिना अवधिको मुद्दती निक्षेपमा ४.७५ प्रतिशत र १ देखि २ वर्ष अवधिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याज दिने भएको छ। 

५ वर्षभन्दा बढी १० वर्षसम्मको अवधिको मुद्दती निक्षेपमा यस बैंकले ७ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।भदौका लागि सानिमा बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। 

साउनमा सानिमा बैंकले ३ देखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.१५ प्रतिशत तोकेकोमा भदौका लागि ४.९५ प्रतिशत तोकेको छ। यस्तै, ६ महिना देखि १ वर्ष अवधिको मुद्दती  निक्षेपको ब्याजदर ०.२ आधार बिन्दुले घटाएर ५.७० प्रतिशत र १ वर्ष भन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.२० प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै राष्ट्रिय बाणिज्य बैंकले भदौमा १ वर्षसम्मको मुद्दती निक्षेपमा ४.२५ प्रतिशत ब्याजदर दिने भएको छ। १ वर्षदेखि ३ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर यस बेंकले ५.२५ प्रतिशत तोकेको छ। साउनको तुलनामा यस बैंकले सबैप्रकारका मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत आधार बिन्दुले घटाएको हो। 

प्रभु बैंकले सबै प्रकारको मुद्दती निक्षेपको ब्याजदर ०.४ प्रतिशत आधार बिन्दुले घटाएको छ। यस बैंकले भदौका लागि ६ देखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.१० प्रतिशत, १ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.६० प्रतिशत र ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदखर ६.१० प्रतिशत कायम गरेको छ। 

एनएमबि बैंकले ६ महिनासम्मको मुद्दती निक्षेपका लागि साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। यस्तै १ वर्षभन्दा बढी समयका लागि दिने ब्याजदरमा अवधि बढाएको छ भने ब्याजदर घटाएकोछ।

साउनमा १ देखि ३ वर्ष सम्मको अवधिका लागि ५.५ प्रतिशत ब्याजदर दिएकोमा भदौमा ०.५ आधार बिन्दुले घटाएर ५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ। 

यस बैंकले ५ वर्षभन्दा अवधिको ब्याजदर ७.५३ प्रतिशतबाट घटाएर ६.१० प्रतिशतमा झारेको छ। एभरेष्ट बैंकले पनि भदौका लागि ०.५ प्रतिशत आधार बिन्दुले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ।

यस बैंकले भदौका लागि ३ महिनादेखि २ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ४.५० प्रतिशत, २ देखि ५ वर्ष अवधिका लागि ५ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिका लागि ६.१० प्रतिशत ब्याजदर दिने भएको छ।

लक्ष्मी सनराइज बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। यस बैंकले भदौका लागि पनि व्यक्तिगततर्फ ३ महिनाको अवधिको मुद्दती निक्षेपमा ५.२५ प्रतिशत, ६ देखि १ वर्ष अवधिका लागि ५.२५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको लागि ६.५० प्रतिशत ब्याजदर दिने भएको छ। 

ग्लोबल आइएमई बैंकले साउनकै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ३ देखि ६ महिना अवधिका लागि ४ प्रतिशत, ६ देखि १ वर्षसम्मका लागि ५ प्रतिशत र १ वर्षदेखि २ वर्ष अवधिका लागि ५.५ प्रतिशतको ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएको छ। 

नेपाल एसबिआई बैंकले ३ देखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२० आधार बिन्दुले घटाएर भदौमा ४ प्रतिशत मात्रै दिने भएको छ।  सो भन्दा बढी अवधिका लागि साउनकै ब्याजदरलाई यस बैंकले निरन्तरता दिएको छ। 


प्रकाशित : शुक्रबार, साउन ३२ २०८१०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend