आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने

images
बिहीबार , साउन ३१ २०८१
images
विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने

विश्व बैंक उपाध्यक्ष मार्टिन रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धिलगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन्।

images
images

काठमाडौं- विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ।

images
images
images

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिएका हुन्।

images
images

उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धिलगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन्। विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई दुई सय पाँच मिलियन अमेरिकी डलर प्राप्त भएको थियो।

images
images

अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताएका थिए। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend