आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

बाढीपहिरोमा परी दुई महिनामा १७५ जनाको मृत्यु, चार हजारभन्दा बढी घरपरिवार विस्थापित

images
बिहीबार , साउन ३१ २०८१
images
बाढीपहिरोमा परी दुई महिनामा १७५ जनाको मृत्यु, चार हजारभन्दा बढी घरपरिवार विस्थापित
फाइल तस्बिर

बाढीका कारण दुई सय ८६ वटा घर, एकसय पाँचवटा गोठ, ४९ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

images
images

काठमाडौं- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‌मा परी आज दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

images
images
images

पहिरोलगायत विपद्‌मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा एक सय ७५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

images
images

उनका अनुसार बाढीपहिरोबाट काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २४ जना घाइते भएका छन्। 

images
images

बाढीपहिरोबाट काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीनजना, कर्णाली प्रदेशमा दुईजना र सुदूरपश्चिम प्रदेशमा पाँचजना गरी जम्मा एक सय १३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।

उनले भने, 'बाढी पहिरोमा परी कोशी प्रदेशमा दुईजना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुईजना, लुम्बिनी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एकजना र सुदूरपश्चिम प्रदेशमा एकजना गरी ४९ जना बेपत्ता भएका छन्।'

बाढीका कारण दुई सय ८६ वटा घर, एकसय पाँचवटा गोठ, ४९ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। बाढी पहिरोमा परी आजसम्म आठसय २० वटा पशुचौपायको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चारसय ७२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend