आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

४३ अंकले बढेको बजारमा तीन कम्पनीको सकारात्मक सर्किट, अपि पावरको सबैभन्दा बढी कारोबार

images
बिहीबार , पुस २२ २०७८
images
४३ अंकले बढेको बजारमा तीन कम्पनीको सकारात्मक सर्किट, अपि पावरको सबैभन्दा बढी कारोबार
images
images

काठमाडौं-  सातामा कारोबारको अन्तिम दिन बिहीबार ४३.२९ अंकले बढेर २६९२.४७ बिन्दुमा पुगेको सेयर बजारमा तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।     

images
images
images

जसमा नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

images
images

बिहीबार कारोबारमा आएको एनबीबीएल डिबेञ्चरको मूल्य भने ३.५३ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा १६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ। त्यस्तै एनआईसी एशिया बैंक र नेशनल माइक्रोफाइनान्सको  पनि १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

images
images

बिहीबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.४८ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बिहीबार व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ।

सेयर बजारले समायो उकालो यात्रा : सातामा चार दिन हरियाली हुँदा एक दिन करेक्सन, १६७.९९ अंकले बढ्यो


प्रकाशित : बिहीबार , पुस २२ २०७८११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend