शनिबार, मंसिर ८ गते २०८१    
images
images

सेयर बजारले समायो उकालो यात्रा : सातामा चार दिन हरियाली हुँदा एक दिन करेक्सन, १६७.९९ अंकले बढ्यो

images
बिहीबार , पुस २२ २०७८
images
images
सेयर बजारले समायो उकालो यात्रा : सातामा चार दिन हरियाली हुँदा एक दिन करेक्सन, १६७.९९ अंकले बढ्यो
images
images

काठमाडौं- सेयर बजारमा यो साता कारोबारको चार दिन बजार बढेको छ भने एक दिन बजार घटेको छ। जसले साताभरमा १६७.९९ अंकको बढोत्तरी देखिएको छ। सातामा कारोबारको अन्तिम दिन बिहीबार ४३.२९ अंकले बढेर बजार २६९२.४७ बिन्दुमा पुगेको छ।   

images
images
images

कारोबारका तीन दिन लगातार बढेको बजार चौथो दिन बुधबार भने घटेको थियो। आइतबार र सोमबार दुई दिनमा ९२.४४ अंकको सुधार देखिएको बजार मंगलबार पनि ६३.०१ अंकले बढेको थियो। बुधबार भने ३०.७५ अंकले घटेर बजार २६४९.२० बिन्दुमा झरेको थियो। 

images

बिहीबार कारोबार रकम भने घटेको छ। बिहीबार ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ। १६४ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो। 

images

बजारमा केही सय अंक बढेर केही घट्दै करेक्सनको अवस्था देखिइरहेको र लगातार उकालो यात्रामा जान अझै केही समय लाग्ने विश्लेषकहरू बताउँछन्। यो साताको चार दिनको सुधारले बजारले गति लिने संकेत देखाए पनि नयाँ ट्रेन्ड समात्न भने समय लाग्ने भएको हो। 

तरलता अभावको विषयमा हुने सम्बोधनको पर्खाइ र बैंकको ब्याजदर स्थिर रहन्छ कि बढ्छ भन्ने जस्ता विषयमा अन्योल भइरहँदा बजारको उतारचढाव अझै केही दिन रहने विश्लेषकहरूको भनाइ छ। 

नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै बजारमा सुधार देखिन थालेको सुधार स्थायी हुन समय लाग्नेछ। उतारचढावबाट माथि जानका लागि सेयरबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्। 

केही विश्लेषकहरूले सेयर बजार उच्च अंकबाट धेरै तल झरिसकेर अहिले सुधार देखिन थालेकाले अब विस्तारै बढ्ने बताइरहेका छन्। माघ लागेपछि अहिलेको गति अझ बढ्ने उनीहरूको विश्लेषण छ। त्यसका लागि अबको साता पर्ख र हेरकै अवस्था रहने देखिन्छ। 

आगामी सातामा पनि बजारमा ठूलो परिर्वतन नदेखिने सेयर विश्लेषक अम्बिका प्रसाद पौडेल बताउँछन्। ‘बजार अहिले पनि बेयरिसमा गएको छैन,’ उनले भने, ‘माघको पहिलो सातापछि मात्रै बजारको अवस्थामा आँकलन गर्न सकिने छ। अहिले नै केही भन्न सक्ने अवस्था छैन।’

बजारमा अहिले ठूलो उत्तरचढाव देखिने अवस्था नहरेको उनको तर्क छ। माघको पहिलो साता वा पुसको अन्तिम सातामा मात्रै बजारले लिने अबको बाटोमा विषयमा विश्लेषण गर्न सकिने पौडेल बताउँछन्।


प्रकाशित : बिहीबार , पुस २२ २०७८०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend