आइतबार, असोज १३ गते २०८१    
images
images

१० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि भारतीय कम्पनी केपीएमजी छनोट

images
बिहीबार , साउन ३१ २०८१
images
images
१० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि भारतीय कम्पनी केपीएमजी छनोट

यसका साथै लोन पोर्टफोलियोअन्तर्गत वाणिज्य बैंकको गुणात्मक र परिमाणात्मक समपरीक्षण गर्नेछ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपालका १० ठूला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो रिभ्यु गर्ने स्वतन्त्र लेखापरीक्षकको रुपमा भारतीय कम्पनी केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ प्रालिलाई छनोट गरेको छ।

images
images
images

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) नेपालका ठूला वाणिज्य बैंकहरूको कर्जाको लेखापरीक्षण अन्तर्राष्ट्रिय स्वतन्त्र लेखापरीक्षकबाट हुनुपर्ने विस्तारित कर्जा सुविधा(ईसीएफ) को प्रमुख सर्तको रुपमा अगाडि सारेको थियो।

आईएमएफले तेस्रो मूल्यांकन गरेसँगै बैंकहरूको लोन पोर्टफोलियो रिभ्युको प्रक्रिया राष्ट्र बैंकले अगाडि बढाएको हो। गत चैत ८ गते राष्ट्र बैंकले स्वतन्त्र लेखापरीक्षक नियुक्तिका लागि राष्ट्र बैंकले आसायपत्र माग गरेको थियो। 

राष्ट्र बैंकले खुलाएको आसायपत्रमा लोन पोर्टफोलियो रिभ्युका लागि अन्तर्राष्ट्रिय लेखापरीक्षकहरूले दिएको आवेदनका आधारमा ५ लेखापरीक्षकहरू नेदरल्याण्डको कम्पनी डेलोइटेट फाइनान्सियल एडभाइजरी, जेभी सीएससी एण्ड कम्पनी, जेभी एसआरबीए एण्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेण्ड, भारतको केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिस र पाकिस्तानको केपीएमजी तासेर हादी एण्ड कम्पनी सर्टलिस्ट भएका थिए।

images

उक्त ५ कम्पनीमध्ये राष्ट्र बैंकले केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिस लोन पोर्टफोलियोका लागि छनोट गरेको हो।

छनोट भएको लेखापरीक्षकले नेपालका बैंकहरू कर्जामा रहेको क्रेडिट रिस्कको मूल्यांकन, अनुगमन, नियन्त्रण र बैंकहरूको क्रेडिट रिस्क प्रणालीको अध्ययन गर्नेछ।

यसका साथै लोन पोर्टफोलियोअन्तर्गत वाणिज्य बैंकको गुणात्मक र परिमाणात्मक समपरीक्षण गर्नेछ।

गुणात्मक समपरीक्षणअन्तर्गत बैंकहरूको क्रेडिट पोलेसी, गाइडलाइन्स र प्रोडक्ट पेपर, क्रेडिट रिस्क व्यवस्थापन, भूमिका, संरचना र जोखिम व्यवस्थापन तथा कार्यान्वयन प्रणाली, बैंकहरूको खराब कर्जा, सम्पत्ति मूल्यांकन तथा गुणस्तर र कर्जाको उपयोग तथा अनुगमन प्रणालीको अध्ययन गर्ने बताइएको छ।

यस्तै १० ठूला वाणिज्य बैंकबाट प्रवाह भएको कर्जाको वर्गीकरण, जोखिम भार, स्थानीय नियमन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन, कर्जा प्रवाह तथा लोन लस प्रोभिजनिङलगायतका क्षेत्रमा गुणात्मक लेखापरीक्षण हुने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , साउन ३१ २०८११७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend