आइतबार, असोज १३ गते २०८१    
images
images

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत पश्चिम नवलपरासीमा उद्यमी बन्दै युवा

images
बिहीबार , साउन ३१ २०८१
images
images
नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत पश्चिम नवलपरासीमा उद्यमी बन्दै युवा

दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागिता जनाएको नबिल बैंकले जनाएको छ। जसमध्येबाट ५२ वटा उद्यम जन्मदा ८ सय ६९ जनाले रोजगारी पाएका छन्।

images
images

काठमाडौं- ऋण विस्तार र व्यापार बढाउने ध्याउन्नमा मात्र केन्द्रित हुने वाणिज्य बैंकहरूका बीचमा देशकै अग्रणी वाणिज्य बैंक नबिलले भने फरक प्रयास गरिरहेको छ। नबिलले पछिल्लो दुई वर्षदेखि सामाजिक उद्यमशीलता प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

images
images
images

नाफा र लाभांशको होडमा रहेका बैंकहरूको बीचमा नबिलले भने सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न नबिल एसएसई फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ। उद्यम ‍तथा व्यापार गर्ने सोच भएका तर व्यावहारिक जानकारी नभएकाहरूका लागि नबिलले यस्तो कार्यक्रम ल्याएको हो।

सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव समेत मनाइसकेको छ। यसै क्रममा नबिल बैकको सहकार्यमा पश्चिम नवलपरासीको बर्दघाटस्थित दिव्यज्योति बहुमुखी क्याम्पसमा सञ्चालित नबिल सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत पहिलो ब्याचका प्रशिक्षार्थीलाई दिक्षान्त गरिएको छ।

एक कार्यक्रमका बिच दिक्षित हुने प्रशिक्षार्थीहरुलाई बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ र चौधरी फाउण्डेसनकी सचिव एवम् समाजसेवी सारीक चौधरीले संयुक्तरुपमा प्रमाणपत्र वितरण गरेका छन्।

images

सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले चौधरी फाउण्डेसन र नबिल बैकको सहकार्यमा भएको नबिल सामाजिक उद्यमशीलता कार्यक्रमबाट यस क्षेत्रमा युवा उद्यमशीलताको दृष्टिकोणले नयाँ आयाम स्थापना हुने विश्वास व्यक्त गरे।

nabil 3.jpeg

सो अवसरमा क्याम्पस सञ्चालक समिति अध्यक्ष पुन्यप्रसाद पौडेल, क्याम्पस प्रमुख सागरमणी पाण्डे, नबिल बैकका लुम्बिनी प्रादेशिक प्रमुख अमीक केसी, चौधरी फाउण्डेसनका प्रबन्ध निर्देशक मेरीना रन्जीत, प्रशिक्षार्थीद्वय दिपकबहादुर गुरुङ, योगमाया गुरुङलगायतले उक्त कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।

पहिलो ब्याचको कार्यक्रममा २५ जना युवायुवती सहभागी भएका थिए। संघीय सांसद विनोद चौधरीले यस क्षेत्रमा युवायुवतीलाई व्यापार व्यवसायका साथै उद्यमशीलतातर्फ अग्रसर बनाउन यस प्रकारका कार्यक्रम ल्याउन सहजीकरण गरेका हुन्।

nabil 4.jpeg

कार्यक्रममा सहभागी भएका युवायुवतीलाई उद्यमशीलतातर्फ अघि बढाउन नबिल बैंकले आवश्यकताअनुसार व्यापारको योजनाअनुसार न्यूनतम ब्याजमा कर्जा प्रवाह गर्ने छ।

करिब ६ महिनासम्म चलेको उक्त कार्यक्रममा समग्ररुपमा व्यापार व्यवसायको अध्ययन , व्यापार गर्ने तरिका, बजारीकरणको अध्ययन, आपूर्ति र मागका साथै व्यापारको दीर्घकालीन विषयवस्तुबारे प्रशिक्षण दिइएको थियो।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रम सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन्।

दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागिता जनाएको नबिल बैंकले जनाएको छ। जसमध्येबाट ५२ वटा उद्यम जन्मदा ८ सय ६९ जनाले रोजगारी पाएका छन्। 


प्रकाशित : बिहीबार , साउन ३१ २०८११७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend