बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस

images
बिहीबार , साउन ३१ २०८१
images
images
महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरेका छन्।

images
images

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा महालेखापरीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ।

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखापरीक्षकको ‘६१औँ वार्षिक प्रतिवेदन-२०८१’ सभासमक्ष पेस गरेका हुन्।

images
images

सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरेका छन्। आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका छन्।
     
त्यसैगरी, सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्पप्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन-२०८१’ सभा समक्ष पेस गरेका छन्।

images
images

स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनबाट पुनःनिर्माण, राहत तथा पुनःस्थापनाको काम लक्षित रुपमा अघि बढ्न नसकेको र प्रभावकारी नदेखिएको शर्माले बताए।

आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक-२०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गरेका छन्।

राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार दिउँसो १:१५ बजे बस्नेछ। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend