शनिबार, असोज ५ गते २०८१    
images
images

तरलता अभावले उद्योगीसँगै उपभोक्तासमेत मारमा परेका छन् : दिनेश श्रेष्ठ

images
बिहीबार , पुस २२ २०७८
images
images
तरलता अभावले उद्योगीसँगै उपभोक्तासमेत मारमा परेका छन् : दिनेश श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरूले कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरूका लागि कामै गर्न नसक्ने अवस्था सृजना भएको बताएका छन्।

images
images
images

तरलता अभावका कारण उत्पादनको लागत बढेको भन्दै श्रेष्ठले लागत खर्च बढ्दा बजारमा मूल्यवृद्धि समेत भएको बताएका छन्। उनले अहिले बैंकहरूले विगतमा उद्यागीहरूलाई दिइरहेको कर्जा बराबरको पैसा दिनसमेत नसक्ने अवस्था रहेको बताए। बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, 'नेपाली बैंकहरूमा २/४ अर्ब पैसा भए पनि काँहा राखौँ हुँदो रहेछ भने २/४ अर्ब पैसा कम हुँदा कहाँबाट पैसा ल्यायौँ भन्ने हुने रहेछ।'

उनले नेपाली व्यवसायीलाई विश्वास गरेर अन्य देशबाट उधारोमा सामान पठाउने गरेता पनि भन्सारमा समस्या रहेको बताए। यसरी नेपालमा सामान आउँदा नेपालको आपूर्तिलाई समेत चलायमान र  सहज बनाउने गरेको बताए।

उपाध्यक्ष श्रेष्ठले भने ,‘पछिल्लो समय वित्तीय प्रणालीमा आएको तरलता अभावको कारण उद्योगी व्यवसायीले काम गर्ने नसक्ने स्थितिमा पुगेका छौं।’

images

त्यस्तै उपाध्यक्ष श्रेष्ठले बजारमा तरलता चरम अभाव रहेको अवस्थामा राष्ट्र बैंकले व्यवसायीलाई समस्या पर्ने गरी सामान आयातमा कडाइ गरी शतप्रतिशत बैंकमा मार्जिन राख्नु पर्ने व्यवस्था गर्नु गलत भएको बताए। उनले तरलता अभावको कारण बैंकमा पैसा नभएको अवस्थामा उद्योगीहरूले बैंकबाट नै कर्जा लिने भएकाले सामान आयातमा व्यवसायीले बैंकमा पैसा जम्मा गर्न नसक्ने बताए।

उपाध्यक्ष श्रेष्ठले भने ,‘अहिले नेपाली उद्योगको लागि विदेशबाट कच्चा पदार्थ माग गरिएका हुन्छन। तर पैसा दिन ढिला भयो। आयातकर्ताले पनि सामान बिक्रिको लागि माग गर्‍यो। अब अर्को मगाउनको लागि व्यवसासीलाई १०० प्रतिशत बैंकमा पैसा जम्मा गर्नु राष्ट्र बैंकले निर्देशन दिएको छ। यस्तो तरलता चरम अभावको अवस्थामा उद्योगीले कँहाबाट पैसा ल्याउने।’

उद्योगीहरूले पनि बजारमा सामान उदारोमा दिएका हुन्छन्। यसरी व्यापारीलाई सामान दिएर उपभोक्ताले किने पछि मात्रै पैसा उद्योगीकोमा आउने उनको भनाइ छ।

यस्तो निर्णयले सरकारले पाउनु पर्ने राजश्वमा कमी तथा उद्योगका कर्मचारीलाई तलब खुवाउन समेत समस्या हुने गरेको उनको भनाइ छ। यसरी राष्ट्र बैंकले १०० प्रतिशत मार्जिन जम्मा गर्नु पर्ने नीतिले अझ व्यवसाय चल्न नसक्ने अवस्थामा हुने उनको भनाइ छ।

श्रेष्ठले सरकारले भएको बजेट समयमा खर्च गर्न सके मात्रै लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पुग्न सक्ने बताए। अहिले कै स्थितिमा भने लक्ष्य हासिल गर्न नसक्ने बताउनु भयो। त्यस्तै सरकारले लक्ष्य भन्दा दोब्बर राजश्व उठाउने लक्ष्य पनि पुरा नहुने श्रेष्ठले बताए। उनले सरकारले नीजी क्षेत्रका सरोकारवाल निकायसँग तथा योजना आयोगसँगको समन्य विना योजना बनाउँदा अहिलेको अवस्था आएको बताए।

उपाध्यक्ष श्रेष्ठले अहिलेको मुलुकको अर्थतन्त्र अर्थशास्त्रीहरूले भने जस्तो नभएको बताए। उनले कोरोना महामारीपछि सबै उद्योग व्यवसायहरू पूर्णरुपमा चलायमान भएकाले अर्थतन्त्र चलायमान नै रहेको बताए। तर उनले बजारमा तरलता लगायतका समस्या रहेको बताए। उनले अर्थविद्हरूले पनि अर्थतन्त्र तहसनहस भयो, बजारमा तरलता अभाव भयो भन्ने तर यो के कारणले भयो, यसको समाधानको उपाय नदिने गरेको बताए।

अहिले सबैमा काम गर्ने मनोबल बढ्दा पैसा आवश्यकता भएको उनले बताए। विकास निर्माणको काम पनि राम्रो भएकाले मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा नपुगेको उनको भनाइ छ। उनले यो बेला भनेको बैंक तथा उद्योगीहरूसमेत बच्नु पर्ने अवस्था हो तर बैंकहरू भने अलि बढी महत्वकांक्षी भएको आरोप लगाए।


प्रकाशित : बिहीबार , पुस २२ २०७८११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend