बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

काठमाडौंस्थित भारतीय राजदूतावासमा मनाइयो स्वतन्त्रता दिवस उत्सव

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ३१ २०८१
images
images
काठमाडौंस्थित भारतीय राजदूतावासमा मनाइयो स्वतन्त्रता दिवस उत्सव

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ५० लाख रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरे।

images
images

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा बिहीबार भारतको ७८ औँ स्वतन्त्रता दिवस मनाइएको छ।

images
images

नेपालका लागि भारतीय राजदूत  नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ भएको हो। तत्पश्चात कार्यक्रममा भारतका माननीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। 

images
images

भारतीय राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको थियो र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरिएको थियो।  

images
images

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ५० लाख रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरे। 

साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् १०७ मृतक सदस्यका निकटतम नातेदारहरुका लागि १२ करोड ५५ लाख रुपैयाँ भुक्तानी दिइएको छ। यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रमअन्तर्गत वर्ष २०२४ का लागि डेथ-इन-सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन्। 

दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्‍यो। यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ। 

दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अलावा नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरुले भारतको ७८ औँ स्वतन्त्रता दिवसको उत्सवमा सहभागीता जनाएका थिए।

कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए। 


प्रकाशित : बिहीबार , साउन ३१ २०८११३:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend