आइतबार, असोज १३ गते २०८१    
images
images

पहिरोले भोजपुरको पाँचधारे-चखेवा सडक अवरुद्ध

images
बिहीबार , साउन ३१ २०८१
images
images
पहिरोले भोजपुरको पाँचधारे-चखेवा सडक अवरुद्ध

यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो। यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ।

images
images

भोजपुर- बर्सातले पहिरो जाँदा भोजपुरको पाँचधारे-चखेवा सडक अवरुद्ध भएको छ। यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो।

images
images
images

टेम्केमैयुङ ९ मा पर्ने यो स्थानमा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो। यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ। सडक माथीबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत जोखिम रहेको स्थानीयवासी एकराज विष्टले बताए।

'पहिरोले सडक बगाउँदा आवतजावतमा समस्या छ', उनले भने, 'निरन्तर पहिरो झरिरहेकोले पैदल हिड्नसमेत समस्या छ। सडक अवरोध हुँदा जनजीवन कष्टकर बनेको छ। अवरोध सडकलाई सञ्चालनमा ल्याउन राज्यले ध्यान दिन आवश्यक छ।'

सडक अवरोध हुँदा भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ल्ला खोटाङका स्थानीयलाईसमेत समस्या रहेको टेम्केमैयुङ ९ पाँचधारेका स्थानीयबासी मानबहादुर सुनारले बताए।

images

'माथिल्लो भेगमा पहिरो झरेर बाढी आउँदा मुनीतिर रहेका अन्य सडक पनि अवरोध बन्ने गरेका छन्', उनले भने,' पहिरोले सडक अवरोध बन्दा जनजीवन निकै कष्टकर बनेका अवस्था छ। अवरोध सडक सञ्चालनमा राज्यले चाडो पहल गरी दिए सहज हुन्थ्यो।' 

राउते खोलाको शिर घुर्विसे क्षेत्रमा पहिरो जादा तल्लो क्षेत्रका बस्तीसमेत जोखिम रहेको वडाध्यक्ष नभराज माङ्पाहाङले बताए। राउते, लेर्खक काभ्रेलगायत गाउँका करिव २० घर परिवार जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङको भनाइ छ। माथिबाट आएको पहिरोले वर्षेनी तल्लो क्षेत्रमा रहेका सडक तथा अन्य संरचनामा क्षति पुग्ने गरेको उनको भनाइ छ।

'पहिरोको कारण पाँचधारे-चखेवा सडक अवरोध बनेको छ', वडाध्यक्ष माङ्पाहाङले भने, 'यो क्षेत्रमा वर्षेनी पहिरो जाँदा तल्लो क्षेत्रका बस्ती जोखिम गर्ने गरेका छन्। राउते खोलामा आउने बाढीको कारण तल्लो भेगमा ठूलो क्षति पुग्ने गरेको छ।' 

बर्सातका कारण राउते खोलाले बगाएको अर्को पाँचधारे-कोट- भोजपुर सदरमुकाम सडक भने श्रमदान गरेर तत्काललाई सञ्चालनमा ल्याइएको उनको भनाइ छ। यो सडक मर्मत गरेपनि बर्सात हुन साथ खोलाले बगाउँदा समस्या हुने गरेको छ। यो स्थानमा वर्षेनी सडक बगाउने गरेकोले यसको वैकल्पिक सडक आवश्यकता रहेको वडाध्यक्ष माङ्पाहाङले बताए। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend