धनुषा- धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजार रूपैयाँसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका-१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन्।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका-२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए।
प्रदेश-२-०२००१ प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ। उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशंका छ। रासस