मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

बजेटको आकार १५ अर्बले घट्यो  [पूर्ण पाठसहित]

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
images
images
बजेटको आकार १५ अर्बले घट्यो  [पूर्ण पाठसहित]

प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट अनुमान गरेका छन्। 

images
images

काठमाडौं- अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत सरकारले बजेटको आधार घटाएको छ। 

images
images
images

प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट अनुमान गरेका छन्। 

यसअघि नेकपा एमालेका अध्यक्ष केपी नेतृत्वको सरकारले अध्यादेश मार्फत १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको थियो।

images

सरकारले  ६ खर्ब ७७ अर्ब १९ करोड चालुतर्फ र  ३ खर्ब ७८ अर्ब  पुँजीगत खर्चका लागि विनियोजन गरेको छ। वित्तीय व्यवस्थाका १ खर्ब ८९ अर्ब विनियोजन गरिएको छ। प्रतिस्थापन विधेयकबाट सरकारले वित्तीय हस्तान्तरणका लागि  ३ खर्ब ८७ अर्ब विनियोजन गरेको छ। समानीकरण तर्फ ३ खर्ब २५ अर्ब र पुँजीगत तर्फ ६१ अर्ब ५५ करोड। 

images

स्रोत व्यवस्थापनमा राजस्वबाट १० खर्ब ५० अर्ब र  वैदेशिक सहायताबाट ५९ अर्ब जुटाउने सरकारको लक्ष्य रहेको छ। अपुग हुने बाँकी रकम  वैदेशिक ऋण २ खर्ब ८३ अर्ब आन्तरिक २ खर्ब ३९ अर्ब जुटाउने सरकारको लक्ष्य छ। 

सरकारले राजस्व लक्ष्य भने बढाएको छ। अध्यादेशबाट ल्याइएको बजेटमा १० खर्ब २४ अर्बको लक्ष्य राखिएको थियो। त्यस्तै सरकारले वैदेशिक अनुदान पनि ६३ अर्बबाट घटाएको छ। 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend