शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पाँच करोड लागतमा सुर्खेतको हुलाक निर्देशनालय भवन निर्माण

images
बिहीबार , साउन ३१ २०८१
images
पाँच करोड लागतमा सुर्खेतको हुलाक निर्देशनालय भवन निर्माण

वीरेन्द्रनगर नगरपालिका- ७ ईत्रामस्थित आफ्नै भवन बनेपछि हुलाक निर्देशनालय यही साउन २० गतेबाट सरेको छ।

images
images

कर्णाली- सुर्खेतको हुलाक निर्देशनालय भवन सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा निर्माण भएको छ। 

images
images
images

निर्देशनालयका लेखापाल उमाकान्त कँडेलले सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा भवन निर्माण भएको बताए।

images
images

'श्रीखण्डपुर-अर्विड जेभी काठमाडौंले विसं २०७९ माघ २३ गते पाँच करोड ५२ लाख रूपैयाँ बजेटमा भवन निर्माणको सम्झौता गरी विसं २०८१ असार २४ गते सम्पन्न गर्ने जिम्मा लिएको थियो,' उनले भने, 'तोकिएको मितिमै पाँच प्रतिशत कम बजेटमा निर्माण भएको छ।'

images
images

सुर्खेतका धेरै सरकारी भवन उपत्यका नगर विकास समितिको जग्गामा बने पनि निर्देशनालयको भवन सातसय दुई दशमलव ६६ वर्गमिटर क्षेत्रफलको आफ्नै जग्गामा बनेको छ। तोकिएको बजेटबाट पाँच प्रतिशत अर्थात् २७ लाख रूपैयाँ रकम बचाएर भवन बनेको उनको भनाइ छ।

प्रदेश सरकार गठन भएपछि विसं २०७४ मा हुलाक निर्देशनालय सुर्खेतको भवन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रुपान्तरण गरिएको थियो। त्यसपछि हुलाक निर्देशनालयको कामकाज महिला तथा बालबालिका कार्यालयबाट गरिँदै आएको हुलाक निर्देशक रेखा गौतमले जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिका- ७ ईत्रामस्थित आफ्नै भवन बनेपछि हुलाक निर्देशनालय यही साउन २० गतेबाट सरेको छ। 

संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको प्राविधिक सहयोगमा भवन निर्माण भएको हो। नवनिर्मित भवन साँढे तीन तलाको १८ कोठासहित सुविधा सम्पन्न बनेको छ।

कर्णाली प्रदेशका दश जिल्ला कार्य क्षेत्र रहेको निर्देशनालयमा उपसचिव निर्देशकसहित ६७ दरबन्दी रहेको र रिक्त दरबन्दीमा करार कर्मचारी परिपूर्ति गरेर काम भइरहेको शाखा अधिकृत सुनिता खत्रीले बताइन्। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend