मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी, ३४ उद्योग सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ३१ २०८१
images
images
नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी, ३४ उद्योग सञ्चालनमा

विसं २०३० मा दुई सय ३३ रोपनीमा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग बन्द छ। औद्योगिक क्षेत्रभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित भेरी प्राविधिक शिक्षालय पनि सञ्चालनमा छ।

images
images

बाँके- नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा आठ सय जनाले रोजगारी पाएका छन्। औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरुले रोजगारी पाएका हुन्। 

images
images

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन्। विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन्। 

images
images

ती उद्योगमा विगतमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए। औद्योगिक क्षेत्रमा अधिकांश कामदार भारतीय नागरिक छन्। नेपालीलाई

images
images
images

रोजगारीमा प्राथमिकता दिन माग गर्दै आए पनि आफूहरू सफल हुन नसकेको नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य पूर्ण केसीले बताए।

विसं २०३० मा दुई सय ३३ रोपनीमा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग बन्द छ।

पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका भाँडा, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइउड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडाकुँडा उत्पादन हुने गरेका छन्।

औद्योगिक क्षेत्रभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित भेरी प्राविधिक शिक्षालय पनि सञ्चालनमा छ। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८१०९:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend