शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एसबीआई बैंकको बिग मर्जरको पहिलो प्राथमिकतामा एनसीसी वा बैंक अफ काठमाडौं, के सम्भव होला? 

images
बिहीबार , पुस २२ २०७८
images
एसबीआई बैंकको बिग मर्जरको पहिलो प्राथमिकतामा एनसीसी वा बैंक अफ काठमाडौं, के सम्भव होला? 
images
images

काठमाडौं- नेपाल एसबीआई बैंकले साधारणसभामार्फत बिग मर्जरमा जाने निर्णय गरेसँगै कुन बैंकसँग मर्जमा जान्छ भन्ने चासो बढेको छ। भारतीय बैंकको मुख्य लगानी गरेको नेपाल एसबीआईले पनि बिग मर्जरमा जाने निर्णयसँगै बैंकिङ क्षेत्रमा नयाँ तरंग आएको हो। 

images
images
images

एसबीआई बैंकले ठूला बैंकहरुसँग छलफल आगडि बढाएपछि साधारणसभाबाट पारित गरेको बुझिएको छ। त्यसमा एसबीआई बैंकको सबैभन्दा चासो बैंक अफ काठमाडौं र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकसँग रहेको छ। 

images
images

एनसीसीको यसअघि नबिल बैंकसँग मर्जको प्रक्रिया अगाडि बढेको थियो। तर स्वाप रेसियो र सम्पती मूल्यांकन (डीडीए) मा कुरा नमिलेपछि भाँडिएको थियो। अहिले एसबीआई बैंकसँग बैंक अफ काठमाडौं र एनसीसीको चर्चा सुरु भएको छ। एसबीआईले जुनसँग कुरा मिल्छ उही बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाउने नीति लिएको छ। 

images
images

एसबीआई बैंकको २८औँ वार्षिक साधारणसभाले मर्जरका लागि पार्टनर खोज्ने प्रस्ताव पारित गर्दै मर्जको ढोका खोल्ने निर्णय लिएको थियो।

सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ। भने सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.३१ प्रतिशतका दरले लाभांश (३.५०% बोनस सेयर र १.८१% नगद लाभांश) वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। 

एनसीसीले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ। सेयरधनीलाई बैंकले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरिसकेको छ। त्यस्तै बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश घोषणा गरेको छ।

एसबीआई बैंकको ९ अर्ब ८२ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ। त्यस्तै बैंक अफ काठमाडौंको १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ। एनसीसी बैंको ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। तीन बैंक मध्ये एनसीसी बैंकको चुक्तपुँजी धेरै रहेको छ। 

साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार एसबीआई बैंकको प्रतिसेयर मूल्य ३९१ रुपैयाँमा कारोबार भएको छ। एनसीसी बैंकको २७६.५० रुपैयाँमा कारोबार भएको छ। बैंक अफ काठमाडौंको भने २९१.९० रुपैयाँमा कारोबार भएको छ। 

सेयर मूल्यका हिसाबले तीन बैंकमध्ये एसबीआई बैंकको बढी मूल्य रहेको छ। एसबीआईले एनसीसीसँग मर्ज गर्दा २१ अर्ब हाराहारी चुक्ता पुँजी हुने देखिन्छ। त्यस्तै बैंक अफ काठमाडौंसँग मर्ज गर्दा २० अर्ब हाराहारी चुक्ता पुँजी पुग्ने छ।


प्रकाशित : बिहीबार , पुस २२ २०७८१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend