बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नाडा अटो शोको सबै तयारी पूरा, २४ चारपांग्रे र १९ दुईपांग्रेसहित १३० स्टल रहने

images
बुधबार, साउन ३० २०८१
images
images
नाडा अटो शोको सबै तयारी पूरा, २४ चारपांग्रे र १९ दुईपांग्रेसहित १३० स्टल रहने

अग्रिम टिकट खरिदकर्ताले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्नेछन्।

images
images

काठमाडौ- भदौ ११ देखि १६ सम्म आयोजना हुने यस वर्षको नाडा अटो शोको सबै तयारी पूरा भएको छ।

images
images

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी तयारी सबै पूरा भएको जनाएको छ। अटो शोमा ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने जानकारी दिइएको छ।

images
images

यस वर्षको प्रदर्शनीमा २४ चारपांग्रे, १९ दुईपांग्रे, १२ हल्का व्यावसायिक सवारीसाधनका ब्रान्ड प्रदर्शन गरिने आयोजकले बताए। नाडा शोमा ३३ कम्पनीले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट प्रदर्शन गर्नेछन्।

images
images

सात वित्तीय संस्थाले अनुकूल वित्तीय समाधान दिने अटो शो ७५ हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।

पत्रकार सम्मेलनमा अटो क्षेत्रलाई सरकारको सहयोग आवश्यक रहेको नाडाका अध्यक्ष करण चौधरीले बताए। यो व्यवसायीका रोजीरोटी र सरकारका लागि पनि कर उठाउने स्रोत भए पनि बेवास्ता गरिएको उनले गुनासो गरे।

नाडाका अनुसार आगन्तुक सुविधाका लागि टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ। अग्रिम टिकट खरिदकर्ताले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्नेछन्।

मिडिया डेस्कका साथै नेपालको सडक सुरक्षा र ट्राफिक नियमको प्रतिबद्धतालाई ध्यानमा राख्दै  प्रदर्शनीमा महानगर ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा ट्राफिक सूचना डेस्क पनि रहने नाडाले जनाएको छ।

यस वर्षको नाडा अटो शो पहिलेभन्दा प्रभावशाली हुने अपेक्षा नाडाको छ। शोमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स सह-प्रायोजकको रुपमा रहेका छन्। यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्नेछ, जसले अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने नाडाको भनाइ छ।

चाडपर्वको मौसम नजिकिँदै गर्दा 'नाडा अटो शो २०२४' ले अटोमोबाइल प्रेमीहरूका लागि नयाँ मोडेलहरू, प्रविधिहरू र प्रवृत्तिहरू अन्वेषण गर्ने अनुपम अवसर प्रदान गर्ने नाडाको भनाइ छ।

आगन्तुकहरूले नयाँ ब्रान्डहरू र नवीन प्रविधिहरूको व्यापक पहुँच पाउनेछन्। साथै वित्तीय विकल्पहरू र व्यावसायिक अवसरहरूको पनि लाभ उठाउन सक्नेछन्।

अटो शोले आगन्तुकहरूलाई सवारीसाधन खरिदको निर्णय लिनका लागि आवश्यक जानकारी प्रदान गर्नेछ।


प्रकाशित : बुधबार, साउन ३० २०८११७:३६
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend