शनिबार, फागुन ३ गते २०८१    
शनिबार, फागुन ३ २०८१
images
images

स्याउ टिप्न व्यस्त कालीकोटका किसान, प्रतिकिलो ५० रूपैयाँमा बारीबाटै बिक्री

images
बुधबार, साउन ३० २०८१
images
images
स्याउ टिप्न व्यस्त कालीकोटका किसान, प्रतिकिलो ५० रूपैयाँमा बारीबाटै बिक्री

किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

images
images

मान्म- कालीकोटमा किसानले बारीबाटै ५० रूपैयाँमा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन्। साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु गरेका हुन्।

images
images
images

जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा-१ का रजबहादुर बुढाले बताए। 'नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो', उनले भने, 'अहिले बारीमा नै प्रतिकिलो ५० रूपैयाँमा बिक्री भइरहेको छ।'

images
images

बढी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने भएकाले नगरपालिकाले साउन २० गतेदेखि मात्र टिप्न आग्रह गरेको तिलागुफा-४ का पूर्वअध्यक्ष खड्कराज शाहीले बताए। 'जिल्लामा यति बेला स्याउ टिप्ने सिजन सुरु भएकाले सबै किसान निकै व्यस्त छन्', उनले भने, 'अहिले ठेकेदार बगैँचामा आएर स्याउ लिने गरेका छन्।'

images
images
images

स्याउ बजार लैजान समस्या रहेको भन्दै मूल्य पनि कम पाउने गरेको रास्कोट नगरपालिका-८ फुकोटका पुष्पराज बरालले बताए। 'स्याउ उत्पादन प्रशस्त हुन्छ। यहाँको लेकाली क्षेत्रबाट स्याउ बजारसम्म पुर्‍याउन ढुवानी खर्च महँगो पर्छ', उनले भने, 'ठेकेदारले बारीमा आएर स्याउ लैजाने गरेका मूल्य कम भए पनि ढुवानीको समस्या भने अहिले छैन।'

किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, साउन ३० २०८११५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend