काठमाडौं- वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
सिन्धुली फिक्कल गाउँपालिका-३ घर भइ काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३३ वर्षीय रवि क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदन्छु भन्दै रविले १ जना पीडितबाट ५ लाख २० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएपश्चात पीडितको उजुरीको आधारमा टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको तिनकुनेबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।