शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

भारतमा बिनाज्याला काममा लगाइ बन्धक बनाइएका नेपालीको उद्धारमा सरकारले बढायो सक्रियता

images
बुधबार, साउन ३० २०८१
images
भारतमा बिनाज्याला काममा लगाइ बन्धक बनाइएका नेपालीको उद्धारमा सरकारले बढायो सक्रियता

खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पुर्‍याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती काममा लगाइ बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो।

images
images

काठमाडौं- भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ।

images
images
images

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पुर्‍याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती काममा लगाइ बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो।

images
images

पछिल्लो समयमा बन्धक बनाइएका  धनुषा जिल्लाका सात पुरुष र सिरहाका २१ पुरुष (२४ देखि ६० वर्ष उमेरका) का  सम्बन्धमा भारतीय गैरसरकारी संस्था ‘किन इन्डिया’मार्फत जानकारी हुन आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए।

images
images

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा ‘किन इन्डिया’को प्राविधिक सहयोग र सहकार्यमा पीडितको उद्धार गरी जनकपुर ल्याइएको छ।

मानव बेचबिखनबाट पीडित र प्रभावितको उद्धार गरी  संरक्षण कार्यलाई सदैव उच्च प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ।

यो घटनाको संवेदनशीतालाई दृष्टिगत गरी धनुषा ल्याइएका २८ जनालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत उनीहरुको परिवारसँग पुनर्मिलन गराइएको छ। रासस   


प्रकाशित : बुधबार, साउन ३० २०८११३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend