आइतबार, असोज १३ गते २०८१    
images
images

सडक पहिरोले बगाएपछि गमगढी-तारापानी-सोरुकोट खण्ड दुई सातादेखि अवरुद्ध, यात्रा जोखिमपूर्ण

images
बुधबार, साउन ३० २०८१
images
images
सडक पहिरोले बगाएपछि गमगढी-तारापानी-सोरुकोट खण्ड दुई सातादेखि अवरुद्ध, यात्रा जोखिमपूर्ण

सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ।

images
images

मुगु- पहिरोले सडक बगाएपछि गमगढी-तारापानी-सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ। सोरु गाउँपालिका-८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो।

images
images
images

सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ। पहिरोले १० मिटर सडक बगाएको थियो। हाल सर्वसाधारण गमगढी बजारबाट जीपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन्।

जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ। सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिए।

शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो।

images

गमगढी-तारापानी-सोरुकोट र तारापानी-धैन-दोमुख सडक कर्णाली प्रदेश सरकारअन्तर्गतको सडक हो।

गतवर्ष पनि यहाँ पहिरो जाँदा अन्य विकासका योजना कटौती गरी सडकको अवरोध हटाइएको थियो। यो पटक पहिरो पन्छाउने, सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकार मौन रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए।

सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ।

गमगढी-तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग ‘डिफिड’को आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थिरी) ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो। रासस


प्रकाशित : बुधबार, साउन ३० २०८११२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend