आइतबार, असोज १३ गते २०८१    
images
images

पहिरोले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध

images
बुधबार, साउन ३० २०८१
images
images
पहिरोले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक सडकका रुपमा उक्त खण्डलाई लिने गरिएको छ।

images
images

तनहुँ- जिल्लाको बन्दीपुर गाउँपालिका-६ ढापमा पहिरो जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्णरुपमा अवरुद्ध भएको छ। यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरो जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो। 

images
images
images

बुद्धसिंह मार्गअन्तर्गत अन्य स्थानमा पनि पहिरो गएका भन्दै स्थानीय सिद्धान्त गर्जा मगरले पहिरोले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए। 'एक सातादेखि बाटो अवरुद्ध भएर सवारीसाधन सञ्चालन नहुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ', उनले भने, 'पहिरोको समस्या हरेक वर्ष वर्षाको समयमा हुन्छ।'

स्थानीयवासीले ढापमा मानिस हिँडडुल गर्न मिल्ने गरी केही राजमार्गका केही पहिरो सफा गरेका छन्। आज बिहान स्थानीयले पहिरोले खसेको ढुंगा पन्छाएर हिँडडुल गर्न मिल्ने बाटो बनाएको मगरले बताए।

गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ। उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्दछन्।

images

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक सडकका रुपमा उक्त खण्डलाई लिने गरिएको छ। उक्त मार्गलाई मुग्लिन-नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ। सो पुल सम्पन्न पश्चात् बाटो छोटिन्छ।

पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो दुरी पर्ने स्थानीय मगरले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, साउन ३० २०८११२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend