आइतबार, असोज १३ गते २०८१    
images
images

१० करोड लागतमा चौखामा तयार भयो विद्युत सबस्टेसन, एक महिनाभित्र चार्जिङको लक्ष्य

images
बुधबार, साउन ३० २०८१
images
images
१० करोड लागतमा चौखामा तयार भयो विद्युत सबस्टेसन, एक महिनाभित्र चार्जिङको लक्ष्य

जाजरकोट खण्डमा प्रसारण लाइनको काम लामो समयदेखि हुन नसक्दा सबस्टेसनसम्म विद्युत् ल्याउन रुकुमपश्चिमको बाफिकोटस्थित सबस्टेसनको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ। सबस्टेसन निर्माणसँगै जाजरकोट खण्डमा प्रसारण लाइन निर्माण गर्न दबाब बढेको छ।

images
images

सुर्खेत- नेपाल विद्युत् प्राधिकरणको १० करोड रूपैयाँ लागतमा जाजरकोटको नलगाड नगरपालिका-१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण लाइन सबस्टेसन निर्माण भएको छ।

images
images
images

प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेसन निर्माण गर्न सम्झौता गरेको थियो। एक महिनाभित्र सबस्टेसन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेकका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए।

जाजरकोटको कुदुबाट आएको प्रसारण लाइन चौखासम्म निर्माण नभएका कारण रुकुमपश्चिमको बाफिकोट सबस्टेसनबाट आएको विद्युतबाट चार्जिङ गर्ने लक्ष्य छ। जाजरकोट खण्डमा प्रसारण लाइनको काम लामो समयदेखि हुन नसक्दा सबस्टेसनसम्म विद्युत् ल्याउन रुकुमपश्चिमको बाफिकोटस्थित सबस्टेसनको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ।

सबस्टेसन निर्माणसँगै जाजरकोट खण्डमा प्रसारण लाइन निर्माण गर्न दबाब बढेको छ। ताक्सुगाड जलविद्युत् आयोजनाको विद्युत् उत्पादनगृहको छेउमा यो सबस्टेसन निर्माण भएको हो। 

images

यही सबस्टेसनबाट जगदुल्ला जलविद्युत् एक सय छ मेगावाट आयोजना निर्माणस्थल र डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेसनमा विद्युत् जडान गरिनेछ। तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश स्थानमा विद्युतीकरण गर्न यो सबस्टेसनले काम गर्ने प्राधिकरणको प्रदेश कार्यालयले जनाएको छ।

भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डमा पुल निर्माण नहुँदा विद्युतका ठूला आयोजना निर्माणमा समस्या भएको छ। नलगाड नगरपालिकामा मात्र पाँचवटा ठूला पुल निर्माण गर्न बाँकी छ।

सडक निर्माणको काम चलिरहेको भए पनि पुल निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो। विद्युतीकरण गर्न सामान ल्याउनुपर्ने भए पनि खोला तथा नदीमा पुल नहुँदा काममा बाधा पुगेको हो। वर्षायाममा स्थानीयवासीले समस्या भोग्नुपरेको छ। यती विल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि अन्य कम्पनीले लिएको पुलको काम अलपत्र परेको छ।

कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि संघीय कार्यालयबाट ठेक्का लागेका कामले गति लिन सकेको छैन। चौखाको सबस्टेसन प्रदेशबाट ठेक्का गरिएको थियो। समाइला र वडावनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको भौतिक प्रगति पाँच प्रतिशत पनि भएको छैन। उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेकामा एक वर्ष बित्दा पनि प्रगति निराशाजनक छ।

प्रसारण लाइन र सबस्टेसनको निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीले अहिलेसम्म सबस्टेसन निर्माणस्थलमा ढुंगा, माटो हटाउनेबाहेक काम नगरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

कुदुबाट चौखासम्म प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको ला निर्माण सेवाले काम नगर्दा चौखा सबस्टेसनमा विद्युत् जडानको काम हुनसकेको छैन। ६ वर्षभन्दा बढी समय बित्दा पनि काम नगर्दा समस्या समाधान हुन नसकेको हो। रासस


प्रकाशित : बुधबार, साउन ३० २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend