पोर्चुगल- विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन पोर्चुगलबाट ३ हजार ८ सय २९ नेपालीको जैविक विवरणसहितको आवेदन संकलन गरिएको छ।
राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट ७ करोड २० लाख ११ हजार ५ सय ५४ रुपैयाँ राजस्व संकलन भएको छ।
विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको थियो। पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो। रासस