मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

कोशी प्रदेशमा उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु हुँदै, तीन करोड ७५ लाख खर्च

images
मंगलबार, साउन २९ २०८१
images
images
कोशी प्रदेशमा उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु हुँदै, तीन करोड ७५ लाख खर्च

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नामक संस्थाबीच त्रिपक्षीय सम्झौता भएको छ।

images
images

विराटनगर- कोशी प्रदेशमा पाँच स्थानीय तहमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु हुने भएको छ। 

images
images
images

प्रदेश प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयले झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा तीन करोड ७५ लाख रूपैयाँ लगानीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो।

images
images

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नामक संस्थाबीच त्रिपक्षीय सम्झौता भएको छ। प्रत्येक पालिकामा प्रदेश सरकारले ४० लाख, पालिकाले २० लाख र दायित्वले १५ लाख रूपैयाँ खर्च बेहोर्ने सम्झौता भएको छ।

images
images
images

त्यस अवसरमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशीलता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले रोजगार वृद्धि गर्न र बजारीकरणका लागि प्रदेश सरकार लागि परेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दाबी गरे।

सो कार्यक्रमबाट दुई सय व्यक्तिलाई उद्यमशीलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब एक लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा पुकार मल्लले जानकारी दिए।

कृषि मन्त्रालयका सचिव डा लेखनाथ दाहालले यो कार्यक्रमलाई सफल बनाउन मन्त्रालयले लाग्ने बताए। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend