सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन संसद्‌मा, 'आयोजनाका काममा राजनीतिक हस्तक्षेप हुनु समस्या'

images
मंगलबार, साउन २९ २०८१
images
images
पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन संसद्‌मा, 'आयोजनाका काममा राजनीतिक हस्तक्षेप हुनु समस्या'

समितिका सभापति दीपकबहादुर सिंहले कतिपय विकासका आयोजनाहरु राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताए।

images
images

काठमाडौं- प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ।

images
images

बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले उक्त विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी हुन्।

images
images

प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो। विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो।

images
images

बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गरेका थिए। सभापति सिंहले कतिपय विकासका आयोजनाहरु राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताए।

उनले मन्त्री फेरिएपिच्छे कर्मचारीहरुको सरुवा गर्नु, आयोजनमा खटिएका कर्मचारीलाई आयोजना नसकिँदासम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजनीतिक हस्तक्षेप हुनुलगायत यावत समस्या रहेका जानकारी गराए।

आवको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गरे।

बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३० गते दिउँसो १ बजे बस्नेछ। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend