सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

बालुवा उत्खनन र चोरी निकासी रोक्न सांसदको माग

images
मंगलबार, साउन २९ २०८१
images
images
बालुवा उत्खनन र चोरी निकासी रोक्न सांसदको माग

सांसद अब्दुल खाँनले बर्दियाका विभिन्न क्षेत्र बाढी र डुबानका कारण क्षति पुगेको विषयमा सरकारको ध्यानाकर्षण गराए।

images
images

काठमाडौं- सांसद राजेन्द्रप्रसाद पाण्डेले गैरकानूनी रुपमा बालुवा उत्खनन र चोरी निकासी गर्ने गिरोहलाई कारबाहीको माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले बर्खामा अवैधरुपमा त्यस्ता गतिविधि बढेकाले रोक्नुपर्नेमा जोड दिए।

images
images

सांसद असिम शाहले अधिकांश युवाहरु विदेशीने गरेको उल्लेख गर्दै स्वदेशमै रोजगारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद रामप्रकाश चौधरीले मधेस प्रदेशमा बजेट पनि कम भएको र गरिबीको रेखामुनि धेरै जनता भएर प्रदेश हरेक कुरामा पछाडि परेको बताए।

images
images

सांसद प्रेम सुवालले नेपालीले विदेशमा सम्पत्ति राख्न नपाउने कानून नबनाउँदासम्म मुलुकमा भ्रष्टाचार कम नहुने र सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्य रोक्नुपर्नेमा जोड दिए।

images
images

सांसद चित्रबहादुर केसीले देशभर अविरल वर्षाका कारण जनधनको क्षति भएको उल्लेख गर्दै बागलुङमा ११ जनाको ज्यान गएको छ भने तीनजना ट्रमा सेन्टरमा उपचार भइरहको हुँदा पहिरोपीडितलाई सहयोग गर्न अनुरोध गरे।

सांसदहरु राजेन्द्रकुमार केसी र तारा लामा तामाङले विद्युत् महसुल बक्यौतासम्बन्धी धारणा राखे।

सांसद रञ्जु झाले भ्रष्टाचार निवारण ऐनमा भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै वर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले स्वास्थ्य बीमालाई बढाएर एक लाखबाट पाँच लाख पुर्‍याएकोमा प्रसंशा गरे।

सांसद अब्दुल खाँनले बर्दियाका विभिन्न क्षेत्र बाढी र डुबानका कारण क्षति पुगेको विषयमा सरकारको ध्यानाकर्षण गराए।

सांसद ध्रुवबहादुर प्रधानले धार्मिक पर्यटनको नेपालमा राम्रो सम्भावना भएको र पर्यटन भित्र्याउनका लागि सरकारले योजना बनाउनुपर्ने बताए। सांसद प्रेमबहादुर महर्जनले बाढीपहिरा कारण जनधनको क्षति भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै दुषित पानीले मानिस बिरामी परिरहेका बताए।

सांसद निशा डाँगीले देशमै बस्ने वातावरण बनाउनका लागि सरकारको ध्यानार्षण गराए। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend