सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

‘गण्डकी प्रदेश सरकारको प्राथमिकता पर्यटन’

images
मंगलबार, साउन २९ २०८१
images
images
‘गण्डकी प्रदेश सरकारको प्राथमिकता पर्यटन’

पर्यटनको राजधानी घोषणाले पोखराको पर्यटनको ‘ब्रान्डिङ’ हुँदा यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने उनले बताए।

images
images

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

images
images

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २९औँ साधारणसभा एवम् १३औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पर्यटनसम्बद्ध संघसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानूनी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

images
images

पर्यटनको राजधानी घोषणाले पोखराको पर्यटनको ‘ब्रान्डिङ’ हुँदा यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने उनले उल्लेख गरे। गण्डकी प्रदेशमा खेल पर्यटनसँगै धार्मिक पर्यटनमा जोड दिइएको उनले बताए।

images
images

सरकारले मनाङ र मुस्ताङमा हाई अल्टिच्युड खेलमैदान निर्माण गर्न लागेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए। पोखराको पर्यटन प्रवर्द्धन गर्न चाँडै सातवटै प्रदेशका पर्यटनमन्त्री तथा संघीय पर्यटनमन्त्रीसहित सम्मेलनको तयारीमा सरकार रहेको उनको भनाइ थियो।

प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु जरुरी भएको धारणा राखे। नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले स्वदेश र विदेशमा पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धन गर्न नाट्टा सक्रिय रहेको जानकारी दिए।

नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूर्ण रहेको बताए। पर्यटकको बसाई लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिवधि बढाउनुपर्नेमा उनले जोड दिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट सम्भव हुने बताए। अधिवेशनमा सहभागी नाट्टाका सातै प्रदेशका अध्यक्षहरूले सरकारको पर्यटनमैत्री नीति राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend