शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

नारायणहिटीमा बतासको कफी सप : मन्त्रालयले बनायो छानबीन समिति

images
बिहीबार , पुस २२ २०७८
images
images
नारायणहिटीमा बतासको कफी सप : मन्त्रालयले बनायो छानबीन समिति

उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुँइटेल संयोजक रहेको अध्ययन कमिटी गठन भएको हो।

images
images

काठमाडौं- सरकारले नारायणहिटीमा बतास अग्रनाइजेसनलाई कफी सप सञ्चालनका लागि दिने गरी भएको निर्णयको विषयमा अध्ययन गर्ने भएको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुँइटेल संयोजक रहेको अध्ययन कमिटी गठन भएको छ।

दरबारभित्र बतास ग्रुपको बि म्यानेजमेन्ट प्रालिलाई नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले कफी सप सञ्चालनका लागि भाडामा भवन दिएको थियो।

images

कम्पनीले कफी सप सञ्चालनका लागि भन्दै सम्झौताबाहिर गएर संरचना बनाएको थियो। उक्त विषयमा विरोध आएसँगै समितिले मन्त्रालयको निर्देशनमा निर्माण कार्य रोकेको थियो।

images

कसरी दरबारमा चिया पसल खोल्न लागिएको हो र कसरी बतासले पाएको हो छानबीन गरी रिपोर्ट बुझाउन मन्त्रीस्तरीय निर्णयबाट अध्ययन कमिटी गठन भएको मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। समितिमा ५ जना रहेको र रिपोर्ट बुझाउन ३ दिनको समय दिइएको छ।


प्रकाशित : बिहीबार , पुस २२ २०७८०८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend