सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

हवाई र सडक यात्रा सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

images
मंगलबार, साउन २९ २०८१
images
images
हवाई र सडक यात्रा सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण

सांसद बिना लामाले पछिल्लो समयमा हवाई र सडकयात्रा असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

images
images

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन्। साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन्।

images
images

बैठकको आकस्मिक समयमा सांसद सोविता गौतमले  देशको हवाईयात्रालाई सुरक्षित बनाउन कानून आवश्यक भए त्यो पनि शीघ्र तर्जुमा गर्नुपर्नेमा जोड दिइन्।

images
images

'देशको उड्डयन क्षेत्रमा गम्भीर समस्या देखिएको छ, यस क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित सबै निकायलाई आग्रह छ। यो क्षेत्रलाई व्यवस्थित बनाउने कानून शीघ्र तर्जुमा गरौँ', सांसद गौतमले भनिन्।

images
images

सांसद बिना लामाले पछिल्लो समयमा हवाई र सडकयात्रा असुरक्षित बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। 'सडक पनि सुरक्षित छैन, सुरक्षित मानिएको हवाई क्षेत्र पनि असुरक्षित भयो', उनले भनिन्।

सांसद वीरेन्द्रप्रसाद महतोले सिरहा जिल्ला, कल्याणपुर-३ का २० वर्षीय युवा अरुण शर्मा विगत ३५ दिनदेखि काठमाडौंबाट हराएका तथा हालसम्म फेला नपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले नदीको कटानका कारण तराई बस्ती धरापमा परेका भन्दै तटबन्धनको माग गरे। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend