बिहीबार , असोज ३ गते २०८१    
images
images

टाटा डट ईभी बन्यो नाडा अटो शो २०२४ को टाइटल स्पोन्सर

images
मंगलबार, साउन २९ २०८१
images
images
टाटा डट ईभी बन्यो नाडा अटो शो २०२४ को टाइटल स्पोन्सर

यो वर्षको अटो शोमा नाडाले भारत, चीन तथा बंगालादेशका अटोमोबाइल उत्पादक तथा व्यवसायीहरुको छाता संस्थालाई समेत छलफलका लागि निम्त्याउने योजना बनाएको थियो।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हुने नाडा अटो शो २०२४ को मुख्य प्रायोजक टाटा डट ईभी हुने भएको छ। हरेक वर्ष दसैँअघि हुँदै आएको अटो शोमा यो वर्षको मुख्य प्रायोजक (टाइट स्पोन्सर) टाटा डट ईभी हुने भएको हो। 

images
images
images

नाडाको आइतबार बसेको कार्यसमिति बैठकले टाइटल स्पोन्सरका लागि आएका प्रस्तावबाट टाटा डट ईभीलाई छनोट गर्ने निर्णय गरेको थियो। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि रहेको छ। टाटा डट ईभीलाई टाइटल स्पोन्सरका रुपमा राख्न सिप्रदीले गरेको प्रस्तावलाई नाडा कार्यसमितिले स्वीकृत गरिसकेको छ। 

योसँगै ‘टाटा डट ईभी प्रिजेन्ट्स नाडा अटो शो २०२’ हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शो २०२४ भदौ ११ गतेदेखि १८ गतेसम्म हुने तय भइसकेको छ। 

अटोमाबोइल व्यवसायीहरूका लागि नाडा अटो शो निकै महत्वपूर्ण सावित हुँदै आएको छ। नाडा अटो एक्सपोले दशैँ आएको संकेतसमेत गर्दै आएको छ। सवारीसाधन किन्ने र त्यसबारे जानकारी लिनेहरूका लागि एकैस्थानमा नेपाली बजारमा उपलब्ध ब्रान्ड तथा त्यससँग सम्बन्धित विषयको जानकारी लिन सजिलो हुने गरेको छ। 

images

नाडा अटो एक्सपो २०२३ विगतभन्दा उत्साहजनक रुपमा अटोमोबाइल कम्पनीहरू सहभागी भएका थिए। नाडा अटो एक्सपो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणहरूबाट आयोजना हुन सकेको थिएन। लामो समयदेखि हुन नसकेकाले नाडा अटो शो २०२३ मा अटोमोबाइल कम्पनीहरूको अत्यधिक सहभागिता रहेको थियो। 

नाडा अटो शो २०२४ गत वर्षको भन्दा पनि भव्य हुने अपेक्षा नाडाले लिएको छ। यो वर्ष पनि नाडा अटो एक्सपोमा विद्युतीय सवारीकै दबदबा रहनेछ। विद्युतीय सवारीको बिक्री उल्लेख्य रुपमा बढेको र नयाँ/नयाँ ब्रान्ड आयात हुने क्रम बढ्दै गएकाले पनि अटो एक्सपोमा विद्युतीय सवारी ब्रान्डको उपस्थिति धेरै हुँदैछ। 

नाडा अटो शोमा धेरै ब्रान्डहरूले आफ्नो उपस्थिति जनाउन राम्रो प्लेटफर्म पाउने र बिक्रीसमेत बढाउन सक्छन्। नाडा अटो एक्सपो २०२३ मा टाटाको टियागो ईभी ५ सयभन्दा बढी बुकिङ भएको थियो। त्यस्तै अन्य ब्रान्डहरूका विद्युतीय सवारी पनि उल्लेख्य रुपमा बुकिङ भएको थियो। 

नाडा अटो शो २०२४ मा पनि नयाँ र प्रिमियम ब्रान्डका विद्युतीय सवारी ब्रान्डसमेत सहभागी हुँदै छन्। दीपल, एक्सपाङदेखि अवतार, जीकर, स्काइवेल, नामी, लिप मोटरसम्मले सहभागीता जनाउँदै छन्। त्यस्तै बीवाईडी, टाटा मोटर्स, सेरेस, हुन्डाई, कियासम्मले विद्युतीय सवारी पनि राख्ने छन्। 

काठमाडौंको भृकुटीमण्डप हलमा प्यासेन्जर कार, बाहिर चौरमा कमर्सियल भ्यान तथा कार र गार्डेनमा दुईपांग्रेको स्टल राख्ने तयारी नाडाले गरेको छ। 

खासगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित ८० भन्दा बढी स्टलहरू रहने छन्। नाडा अटो शोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु पनि हुनेछन्। 

नाडा अटो शोको १५औँ संस्करणको नाडा अटो एक्सपो २०२३ गत वर्षको भदौ २६ सुरु भएर ३१ गतेसम्म भएको थियो। नाडा अटो शो २०२४ नाडाको १६औँ संस्करण हुनेछ। 

यो वर्षको अटो शोमा नाडाले भारत, चीन तथा बंगालादेशका अटोमोबाइल उत्पादक तथा व्यवसायीहरुको छाता संस्थालाई समेत छलफलका लागि निम्त्याउने योजना बनाएको थियो। यसबारेमा नाडाले औपचारिक रुपमा जानकारी दिएको छैन। बुधबार नाडाले अटो शोबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्दै छ। सो पत्रकार सम्मेलनबाट नाडाले यी सबै विषयमा जानकारी गराउने छ। 


प्रकाशित : मंगलबार, साउन २९ २०८११५:५५
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend