सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

तीर्थयात्रीको उपचारका लागि गोसाइँकुण्डमा चिकित्सक टोली

images
मंगलबार, साउन २९ २०८१
images
images
तीर्थयात्रीको उपचारका लागि गोसाइँकुण्डमा चिकित्सक टोली

गोसाइँकुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरी वर्षको दुईपटक मेला लाग्ने गर्दछ।

images
images

काठमाडौं- रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ।

images
images

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार संघ काठमाडौंको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि चिकित्सकसहित आठजनाको समूह गोसाइँकुण्ड गएको हो।

images
images

संघका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा सुशान हुमागाईँको नेतृत्वमा आठजनाको टोली गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दिए। डा हुमागाईँसँगै डा अन्जिला थापा, डा सावित्रा थापा, डा सूर्यप्रकाश जोशी, डा रेसिका श्रेष्ठ, मेडिकल विद्यार्थी जगत भट्ट, पोष्ट सहायक प्रकाश खत्री र संघ का प्रतिनिधि श्रीराम खत्री गोसाइँकुण्ड गएका छन्। उक्त समूहले १० दिन गोसाइँकुण्ड क्षेत्रमा सेवा गर्नेछ।

images
images

'उक्त टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ', प्रमुख कार्यकारी अधिकृत बस्यालले भने। संघले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको संघका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए।

संघले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने अध्यक्ष पराजुलीको भनाइ छ। समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ।

उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन्। गोसाइँकुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरी वर्षको दुईपटक मेला लाग्ने गर्दछ। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend