सोमबार, असोज १४ गते २०८१    
images
images

भरतपुरका सबै वडामा सीसी क्यामेरा जडान गरिने, १० करोड ८३ लाख बराबरको बोलपत्र आह्वान

images
मंगलबार, साउन २९ २०८१
images
images
भरतपुरका सबै वडामा सीसी क्यामेरा जडान गरिने, १० करोड ८३ लाख बराबरको बोलपत्र आह्वान

नेपाल टेलिकमको फाइबरमार्फत सीसी क्यामेरा सञ्चालन गरिने छ। महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेर काम अघि बढाएको हो।

images
images

चितवन- भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सीसी क्यामेरा जडान गरिने भएको छ। महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको छ।

images
images
images

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपीआर) सहित चार सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न लागिएको हो।

उनका अनुसार ६ वटा कम्पनीको बोलपत्र परेको छ। महानगरपालिकाले १० करोड ८३ लाख बराबरको बजेटको बोलपत्र आह्वान गरेको छ। महानगरपालिकाका प्रमुख रेनु दाहालले सहरी क्षेत्रमा धेरै र ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सीसी क्यामेरा जडान गर्न लागिएको बताइन्। उनले भनिन्, 'महानगरका सबै वडामा सीसी क्यामेरा जडान गर्दैछौँ।'

ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ। एकै ठाउँमा कन्ट्रोल रुम रहने गरी महानगर भरी उच्च प्रविधिका सीसी क्यामेरा जडान गर्न लागिएको प्रमुख दाहालको भनाइ छ। नेपाल टेलिकमको फाइबरमार्फत सीसी क्यामेरा सञ्चालन गरिने छ। महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेर काम अघि बढाएको हो। 

images

बोलपत्रको टुंगो लागेपछि सकार्ने कम्पनीसँग सम्झौता गरेको चार महिनाभित्रमा काम सम्पन्न हुने दाहालको भनाइ छ। उनले भने, 'ढिलोमा यो आर्थिक वर्षभित्रमा महानगरका सबै वडामा सीसी क्यामेराको पहुँच पुग्नेछ।'

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भाबेष रिमालले महानगरले जडान गर्ने क्यामेराबाट यहाँको शान्तिसुरक्षा र अमन चयनमा सहयोग पुग्ने बताए। शान्ति सुरक्षासँगै यहाँ हुने दुर्घटनाको अनुगमनका लागि क्यामेरा सहयोगी बन्ने छ। उनले भने, 'कम जनशक्तिमा काम गर्नुपर्दा सीसी क्यामेरा निकै सहयोगी बन्नेछ।' रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend