शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट, सार्कका विविध पक्षबारे छलफल

images
मंगलबार, साउन २९ २०८१
images
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट, सार्कका विविध पक्षबारे छलफल

भेटका अवसरमा उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो।

images
images

काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ।

images
images
images

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ।

images
images

सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हाल्नुभएकामा मन्त्री राणाप्रति बधाईज्ञापन गरे।

images
images

भेटका अवसरमा उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend