शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पोर्चुगल पठाइदिने भन्दै पाँच लाखभन्दा बढी ठगी गर्ने महिला पक्राउ

images
मंगलबार, साउन २९ २०८१
images
पोर्चुगल पठाइदिने भन्दै पाँच लाखभन्दा बढी ठगी गर्ने महिला पक्राउ

पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै पाँच लाख ३५ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका-२ घर भइ हाल काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने २७ वर्षीया दीपा चन्द रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

उनले भने, 'बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाउने भनी पीडितबाट पाँच लाख ३५ हजार रूपैयाँ रकम लिएपश्चात विदेश नपठाइ निज सम्पर्कविहीन भएको भन्ने पीडितले दिएको जाहेरी दरखास्तअनुसार निजलाई पक्राउ गरिएको हो।'

images
images

भक्तपुरको ठिमीबाट पक्राउ परेकी निज चन्दलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको सूचना अधिकारी आचार्यले बताए। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend