शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

लगानीकर्ताको रोजाइमा परेको जीवन विकास लघुवित्तको लाभांश क्षमता कति?

images
शुक्रबार, पुस २३ २०७८
images
लगानीकर्ताको रोजाइमा परेको जीवन विकास लघुवित्तको लाभांश क्षमता कति?
images
images

काठमाडौं- जीवन विकास लघुवित्तको लाभांशको विषयमा लामो समयदेखि लगानीकर्ताहरू माझ छलफल चालिरहेको छ। कम्पनीले दिने लाभांशको विषयमा अनेकौं आँकलन भइरहेको छन्। तर कम्पनीले अहिलेसम्म लाभांशको विषयमा कुनै निर्णय गरेको छैन।

images
images
images

महिला लघुवित्तले ५० प्रतिशत लाभांश घोषण गरेसँगै लगानीकर्ताहरूले जीवनले योभन्दा बढी दिने आँकलन गरिरहेका छन्। लाभांश वितरण गर्न बाँकी जीवन विकास लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ३० करोड रुपैयाँ रहेको छ।

images
images

गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको नाफा भने ६८ करोड ९५ लाख रुपैयाँ थियो। उक्त नाफाका आधारमा संस्थाको प्रतिसेयर आम्दानी ११३ रुपैयाँ रहेको छ। 

images
images

तुलनात्मक रुपमा अन्य लघुवित्तको भन्दा जीवन विकास चुक्ता पुँजी, जगेडा कोष, नाफा र प्रतिसेयर आम्दानी राम्रो छ। जीवन विकासको प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ छ।

एक वर्षको अवधिमा दोस्रो बजारमा भएको कारोबारलाई हेर्ने हो भने जीवन विकासकै सर्वाधिक धेरै रहेको थियो। दोस्रो बजारमा संस्थाको सेयर सूचीकृत पछि जीवन विकासको सेयर मूल्य सर्वाधिक ५७४९ रुपैयाँसम्म पुगेको थियो। 

जीवन विकासले पनि बम्पर लाभांश घोषणा गर्न सक्ने अनुमानसँगै सँगै प्रतिकित्ता ३८ सय भन्दा तल आएको सेयर अहिले ४५ सय रुपैयाँ नजिक पुगेको छ। अहिले बजारमा जीवन विकासले ७० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ।


प्रकाशित : शुक्रबार, पुस २३ २०७८०१:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend