शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

दाउन्नेमा सडक भासिएपछि यातायात सञ्चालनमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २९ २०८१
images
दाउन्नेमा सडक भासिएपछि यातायात सञ्चालनमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

भासिएको स्थानमा मर्मतका लागि आज मंगलबार दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ।

images
images
images

नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। भासिएको स्थानमा मर्मतका लागि आज मंगलबार दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।

images
images

विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए। यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताए। रासस 

images
images


प्रकाशित : मंगलबार, साउन २९ २०८११०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend