सोमबार, असोज १४ गते २०८१    
images
images

अवरोध भएको एनसेलको सेवा पुन: सुरु, कसका कारण भएको थियो अवरोध?

images
सोमबार, साउन २८ २०८१
images
images
अवरोध भएको एनसेलको सेवा पुन: सुरु, कसका कारण भएको थियो अवरोध?
images
images

काठमाडौं- अप्टिकल फाइबर काटिएर अवरोध भएको एनसेलको सेवा पुन: सुरु भएको छ। एनसेलको सेवा सोमबार दिउँसो ३ बजेर ४८ मिनेटबाट अवरोध भएको थियो। कम्पनीले एक घण्टामा समस्या समाधन गरेको जनाएको छ।

images
images
images

अप्टिकल फाइबर काटिँदा सेवा अवरोध भएको र कम्पनीको प्राविधिक कर्मचारीको अथक मेहनतपछि समस्या समाधान भएको कम्पनीले सामाजिक सञ्जालमार्फत जनाएको छ।

कसरी एनसेलको सेवा अवरोध भयो? यसमा कसको कमजोरी हो? सेवा अवरोधमा एनसेलको कमजोरी नरहेको दूरसञ्चार प्राधिकरण स्रोतले जानकारी दिएको छ। नेपाल विद्युत प्राधिकरण र सडक विभागअन्तर्गतको लापरबाहीका कारण सेवा अवरोध भएको छ।

विद्युत प्राधिकरणले दमौलीदेखि पोखरासम्मको विद्युतको पोल सार्ने काम गर्दैगर्दा एनसेलसँग समन्वय नगरको खुलेको छ। एनसेलको डाटा सेन्टरसँग लिंक भएको प्रमुख फाइबर लाइन काटिँदा सेवा नै अवरोध भएको हो।

images

प्राधिकरणले दूरसञ्चारजस्तो अतिआवश्यक सेवासँग जोडिएको‍ क्षेत्रमा काम गर्दा कुनै सम्बन्धित निकायसँग समन्यन गर्नुपर्ने थियो। तर कुनै जानकारीबिना नै काम गर्दा एनसेलको फाइबर लाइन काटिएको र सेवा नै अवरोध भएको थियो। यसैगरी पोखरा-बुटवल र दमौलीअन्तर्गतको वैकल्पिक लाइनसमेत सडक विभागले कल्भर्ट बनाउँदा काटिएर सेवा अवरोध भएको खुलेको छ।

विभागअन्तगर्तका निकायले पनि कुनै समन्वय नगरी काम गर्दा सेवा नै अवरोध हुने पुगेको थियो। यस्तो काम गर्दैगर्दा समन्बन्धित निकायले सरोकारवालासँग समन्वय गर्न आवश्यक देखिएको छ। एकातिर ग्राहकले सेवा पाएका छैन भने अर्कोतिर राज्य तथा कम्पनीको आम्दानीमा समेत असर पुगेको छ।


प्रकाशित : सोमबार, साउन २८ २०८११९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend