बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

यी हुन् दोस्रो बजारमा तीन सय रुपैयाँभन्दा कममै सेयर खरिद गर्न पाइने ११ वाणिज्य बैंक

मंगलबार, साउन २९ २०८१
यी हुन् दोस्रो बजारमा तीन सय रुपैयाँभन्दा कममै सेयर खरिद गर्न पाइने ११ वाणिज्य बैंक

काठमाडौं- सेयर बजार लगातार बढ्दो ट्रेण्डमा गएपछि केही समयअघिसम्म सस्तोमा आइसकेका कम्पनीको सेयर मूल्य पनि निरन्तर उचाइतर्फ बढिरहेको छ। 

बजार बढ्दो क्रममा नै रहेकाले हरेकजसो कम्पनीको मूल्य महँगो हुने क्रम जारी छ। सोमबार पनि कीर्तिमान बनाउँदै सेयर बजार उच्च बिन्दुतर्फको यात्रामा लाग्यो। सोमबार ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको बजारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको कीर्तिमानी कारोबार भयो। 

यो साता पहिलो कारोबारमा आइतबार ९४.४६ अंकले बढेर २८६०.८४ बिन्दुमा पुगेको बजारमा २५ अर्ब ७७ करोड ९४ लाख रुपयाँको कीर्तिमानी कारोबार भएको थियो। सोमबार उक्त कीर्तिमान तोडिएको हो। यसरी लगातार कारोबार बढ्दै उचाइतर्फ जाँदा ३१९९ को उच्च बिन्दुको रेकर्ड पनि केही दिनभित्रै तोडिने संकेत देखिएको छ। 

बढ्दो बजारमा धेरै कम्पनीको सेयर मूल्य ५ सय रुपैयाँबाट माथि लागेका छन्। जसमा अहिले केही हाइड्रो र वाणिज्य बैंकको सेयर मूल्य भने तीनसय रुपैयाँभन्दा तल नै कारोबार भइरहेको छ।

हरेक दिन रेकर्ड बन्दै जाँदा सस्तो रहेका कम्पनी पनि लगातार बढ्ने देखिएको छ। सोही कारण भर्खर बजारमा प्रवेश गरेर जोखिम कम लिनेका लागि अझै पनि सस्तो मूल्यमै दोस्रो बजारमा वाणिज्य बैंकका सेयर रहेका छ।

नेप्सेमा बैंकिङ समूह सोमबार १५७६.१८ बिन्दुमा पुगेको छ। सोमबारमात्रै ४५.२७ अंकले बढेको हो। यसरी हेर्दा अब सबैजसो वाणिज्य बैंकको सेयर पनि महँगो हुने क्रम जारी छ।

banking.JPG

बजार बियरिसमा जाँदा १३४ रुपैयाँको हाराहारीमा आइसकेको कम्पनीको सेयर मूल्य सोमबार बजार बढ्दा २४६ रुपैयाँ ७० पैसामा कारोबार भयो। यो प्रभु बैंकको सेयर मूल्य हो। केही सातामै प्रतिकित्ता १ सय रुपैयाँ भन्दा बढी बढेको हो। अझै बढ्ने क्रम रोकिएको छैन। 

अधिकांश वाणिज्य बैंक उच्च चुक्ता पुँजीको कारण थलिएर २०० रुपैयाँभन्दा मुनि धेरै समय कारोबार भयो। अहिले भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक, प्रभु बैंक, सिटिजन्स बैंक २२२ देखि २९६ रुपैयाँसम्म कारोबार भइरहेको छ।

त्यस्तैगरी नेपाल बैंक पनि ३०० रुपैयाँभन्दा मुनी नै कारोबार भइरहेको छ। ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, हिमालयन बैंक पनि ३ सय रुपैयाँमुनी नै कारोबार भइरहेको छ। 

तीनसय रुपैयाँभन्दा तल सेयर मूल्य रहेका बैंक

१) प्राइम कर्मर्सियल बैंक - २९६.४० रुपैयाँ

२) प्रभु बैंक - २४६.७० रुपैयाँ

३) कुमारी बैंक - २२२ रुपैयाँ

४) एनएमबी बैंक - २५८ रुपैयाँ

५) ग्लोबल आईएमई बैंक - २५३ रुपैयाँ

६) हिमालयन बैंक - २६६ रुपैयाँ

७) नेपाल इन्भेष्टमेन्ट मेगा बैंक - २४२ रुपैयाँ

८) सिटिजन्स बैंक - २५४ रुपैयाँ

९) माछापुच्छ्रे बैंक - २५० रुपैयाँ

१०) लक्ष्मी सनराइज बैंक - २४५.३० रुपैयाँ

११) नेपाल बैंक - २९३.५० रुपैयाँ


प्रकाशित : मंगलबार, साउन २९ २०८१०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend