शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

क्रसर उद्योगमा ४ अर्ब लगानी डुब्न लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

images
सोमबार, साउन २८ २०८१
images
क्रसर उद्योगमा ४ अर्ब लगानी डुब्न लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

महासङ्घले उद्योगहरुको नवीकरण नहुँदा करिब  चार अर्ब रुपैयाँ लगानी डुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासंघले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ।

images
images
images

प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिले दर्ता भएको सात सय क्रसर तथा बालुवा उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेका हुन्।

images
images

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघले जनाएको छ।

images
images

महासंघले उद्योगहरुको नवीकरण नहुँदा करिब  चार अर्ब रुपैयाँ लगानी डुब्ने अवस्थामा रहेकाले विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ।


प्रकाशित : सोमबार, साउन २८ २०८११६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend